प्रमुख समाचार

नेपाली सेनाको नमुना काम, पर्वतको मोदीमा संचालित नि:शुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सयको उपचार

By लोकतन्त्र अनलाईन

February 25, 2019

पर्वत–नेपाली सेनाले पर्वतको एक विकट गाउँमा आयोजना गरेको एक दिने निशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाली सेनाको केवलजंग गुल्म पर्वतले जिल्लाको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको घुरुङसेरामा संचालन गरेको शिविरमा एक सय ९० जनाको विभिन्न रोगको परिक्षण गरिएको थियो । शिविरमा उपचारका लागि आएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा नेपाली सेनाको २३ नम्वर वाहिनी बागलुङका स्वास्थ्य कर्मिहरुले बिरामीहरुको परिक्षण गरेका थिए भने स्थानीय स्वास्थ्य कर्मिहरुले पनि सहजीकरण गरेका थिए । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, नेपाली सेना केवलजंग गुल्म पर्वतका गुल्मपती शिव केसी लगायतको उपस्थिति रहेको थियो । विकट गाउँमा पहिलोपटक निशुल्क स्वास्थ्य शिविर संचालन भएपछि देउराली, घुरुङसेरा, क्याङ, बाजुङ लगायतका क्षेत्रका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेका छन् । शिविरमा विशेषगरी आँखा, नाक, कान, रुघाखोकी, दम ग्याष्ट्रीक, र स्त्री रोग सम्वन्धिका बिरामीहरुको संख्या बढि रहेको मोदी गाउँपालिकाले जनाएको छ ।