काँग्रेसलाई पेलेरै भएपनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारको तयारी - News site from Nepal

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद सरकारले प्रतिनिधि सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाले सो विधेयक पारित गर्ने एक मात्र सम्भावित कार्यसूची तय गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण गत सोमबार र मंगलबार बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन । कांग्रेसले पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल कुन निकाय मातहत रहने सरकारले स्पष्ट नबनाएसम्म सदन चल्न नदिने अडान लिएको छ ।
कांग्रेसले सत्तारुढ र प्रतिपक्षी दलको विवादकै बीच सभामुख कृष्ण बहादुर महराले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजेको आरोप लगाएको छ । सभामुख महराले भने सरकारले विधेयक चाँडै पारित गर्न चाहेकाले प्रक्रिया अघि बढाउन खोजेको बताउनुभएको छ । गत मंगलबार नै आजसम्मका लागि संसद बैठक स्थगित गरिएपनि यो बीचमा दुई पक्षबीच कुनै छलफल हुन सकेको छैन । सरकार र प्रतिपक्षी दलबीच सघन छलफल नहुँदा आजको बैठक पनि कार्यसुचीमा प्रवेश गर्ने सम्भावना भने न्यून छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!