पर्वतको प्रसिद्ध मोदीवेणीधाममा जगतगुरु महाराज - News site from Nepal
पर्वतको प्रसिद्ध मोदीवेणीधाममा जगतगुरु महाराज

पर्वत–पर्वतको मोदीबेनीमा स्रोहश्राद्धका अवसरमा आयोजित कार्यक्रममा आज पनि नित्य पूजाआजा सहित पितृ पूराण र सत्संग समारोह सम्पन्न भएको छ ।
जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको उपस्थितीमा आज कार्यक्रम सम्पन्न भएको हो । महाराजले पितृ उद्धारका विषयमा प्रवचन दिनुभयो भने सत्संग समारोह गर्नुभएको छ । पितृ पूराण तथा अनय अनुष्ठानका लागि भक्तजनहरुले आर्थिक सहयोग गर्नुभएको थियो । मोदी गाउँपालिका गाउँपालिका ७ राम्जा गोतामेथरका रमेश गौतमले पितृपूराणमा प्रसाद वितरण र पूराणका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
बागलुङ नगरपालिका १३ पैयुँपाटाका पवित्रा लामिछानेले भोजन तथा सदाहवर्तनका लागि सहयोग गर्नुभएको थियो भने मोदी ८ चित्रे घर भई हाल पोखरामा बस्दै आएका किर्तिनाथ तिमिल्सीनाले भोजन तथा पितृ उद्धारका लागि आर्थिक सहयोग गर्नुभएको मोदीबेनी नृसिँह मन्दिर संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । बैरागीका अनुसार दैनिक श्राद्धका कार्यक्रम, गंगा आरती, गरुढ पूराण, भजनकिर्तन, प्रसाद वितरण लगायतका कार्यक्रम भैरहेका छन् । गाउँ गाउँबाट कालीगण्डकीको तटमा श्राद्ध गरि पितृ उद्धारमा सहभागी हुन सर्वसाधारणहरु आईरहेका बैरागीले बताउनुभयो ।
मोदीबेनी यस क्षेत्रको पवित्र तिर्थस्थल र धार्मिक तथा पर्यटकिय क्षेत्र पनि हो । नदीको किनारमा श्राद्ध गर्दा दिवंगत आत्माको उद्धार हुने जनविश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari