एनआरएनए युरोप संयोजकमा गिरीको प्रतिस्पर्धा - News site from Nepal
एनआरएनए युरोप संयोजकमा गिरीको प्रतिस्पर्धा

म्याड्रिड-गैरआवाशिय नेपाली संघको केन्द्रीय अधिवेशन नजिकिदै गर्दा विश्वभर रहेका एनआरएनए सामाजिक अभियान्ताहरुले आ-आफ्नो  उमेदवारी घोषणा गर्ने क्रम बढ्दो गतिमा रहेको छ ।
यसै क्रममा युरोप संयोजकमा समाजसेवी तथा एनआरएनए सामाजिक अभियन्ता एवम् पूर्व स्पेनका लागि नेपाल पर्यटनबोर्डका मानार्थ स्पेन प्रतिनिधि एकराज गिरीले आफ्नो उमेदवारी सामाजिक संञ्चाल मार्फत घोषणा गरेका छन् । युरोप उप संयोजक समेत रहेका गिरीले आफ्नो दुई वर्षे कार्यकालमा विश्व शान्त्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थान लुम्बिनी नगरपालिका र स्पेनको राजधानी म्याड्रिड महानगरपालिका विचमा भगिनी सम्बन्ध स्थापनार्थ महत्वपूर्ण भूमिका खेलेका थिए । यसैगरी स्पेनी चर्चित फुटबल क्लब एथ्लेटिक म्याड्रिड र वेष्ट काठमाण्डौ फुटबल क्लब बिच सम्झौतामा सकारात्कम पहल समेत गरेका थिए । समाजसेवी तथा युरोप उपसंयोजक गिरीले लुम्बिनी गार्डेन फाउण्डेसनको अवधारणा अन्तरर्गत विभिन्न सकारात्मक गतिविधि गदै आईरहेका छन् । उपसंयोजक गिरी कृष्मा नगरपालिकाका मेयरका अन्तर्राट्रिय सल्लाहाकार समेत हुन । आठौ अन्तर्राष्ट्रिय महाधिवेशनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्पेनस्थित नेपाली राजदूताबास र चान्सरी भवन ब्यवस्थापनमा समेत सहयोगी भुमिका निभाएका थिए ।  उपसंयोजक गिरीलाई तपाईको संयोजकमा नै किन उमेदवारी भन्ने प्रश्नमा गिरीले भने सबै नेपाली समुदायहरुले तपाईले एनआरएनएको अभियानमा निरन्तरता दिनुस् हामी सहयोग गछौ भनेको हुदा दुई उपसंयोजक थियौ । अर्का मित्रले सहकोषाध्यक्ष्यमा उमेदवारी दिएका हुदा स्वभाविक रुपमा उपसंयोजक पछि संयोजकमा सबैको आग्रहलाई सम्बोधन गर्दै संयोजक पदमा उमेदवारी घोषणा गरेको बताउछन् ।
यसैगरी नेदरलयाण्डका नारायण आर्चायको पनि युरोप संयोजकमा उमेद्वारी सामाजिक संञ्जाल मार्फत घोषणा गरेका छन् । एनआरएनए नेदरल्याण्डका आईसिसि सदस्य समेत रहेका आचार्य पूर्व एनआरएनए नेदल्याण्डका अध्यक्ष समेत हुन । आर्चायले युरोप संयोजक भए नेदरल्याण्डमा नेपाली दुताबास स्थापनार्थ सहयोगी भूमिका खेल्ने बताए । यसैगरी विभिन्न राष्ट्रमा नेपालीहरुको बढ्दो चापलाई मध्यनजर गदै पोर्चुगल,माल्टा लगाएत विभिन्न देशमा देखिएका समस्याहरुलाई ध्यानमा राखि सहयोगि भूमिका खेल्ने योजना रहेको बताए । यस्तै बेल्जियमबाट गंगाधर गौतमले समेत युरोप संयोजकमा उमेदवारी घोषणा गरेका छन् । गौतम आठौ राष्ट्रिय महाधिबेशनमा पराजित ब्यक्ति समेत हुन् युरोप संयोजकमा एक दर्जन भन्दा बढिले विभिन्न सामाजिक संञ्चालबाट उमेदवारी घोषणा गर्ने क्रम तिब्र गतिमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!