पर्वतको फलेवास नगरपालिकाको यस्तो छ नीति तथा कार्यक्रम, कालीगण्डकी जलाशययुक्त परियोजना अघि बढाउने - News site from Nepal

पर्वत–फलेवास नगरपालिकाको नीति तथा कार्यक्रम पनि सार्वजनिक भएको छ । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको आज सम्पन्न भएको पाँचौ नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरसभाको पहिलो सत्रमा प्रस्तुत भएको नीति तथा कार्यक्रम दोस्रो सत्रमा बसेको सभा बैठकमा टिप्पणी सहित सर्वसम्मत पारित गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममा ग्रिन फलेवास क्लिन फलेवास कार्यक्रमलाई महत्वका साथ समाबेश गरेको छ । कालीगण्डकी जलाशययुक्र आयोजनाको पूर्व संभाव्यता अध्ययन भएकाले आगामी आर्थिक वर्ष उक्त आयोजनाको निर्माण कार्य शुरु गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाले एक वडा एक कृषि फर्म,एक वडा एक पशु फर्म तथा एक बस्ति एक उत्पादन कार्यक्रम लाई निरन्तरता दिएको छ । स्थानीय कुखुरा तथा कृषि उत्पादन मा जोड दिईएको छ भने पशुहरुमा निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने भएको छ ।
नगरलाई एक वर्ष भित्रमा दुध र मासुमा आत्मनिर्भर गराईने र स्वच्छ मासु बिक्री को लागि व्यवस्थित मासु पसल सञ्चालनमा सहयोग तथा नियमित अनुगमन निरिक्षण मा निरन्तरता दिने भएको छ । नगरभित्र ३ स्थान पहिचान गरि ३ वटा नर्सरी स्थापना गरि बिरुवामा आत्मनिर्भर गराईने, सुन्तला, माछा, मौरी, अदुवा कफि पकेट क्षेत्र घोषणा, बिरुवा हाम्रो फल तपाईंको कार्यक्रमको निरन्तरता दिईएको छ । वाहिरी र भित्री सडकको पक्कि र स्तरउन्नती गर्ने, होमस्टे विस्तार, उद्योगको विकास, गरिव संग सहकारी कार्यक्रम सञ्चालन गरिने भएको छ । १ वर्षमा दूध र मासुमा आत्मानिर्भर हुने लक्ष्य राखेको नगरपालिकाले पकेटमा आधारित पशुपालनमा जोड दिएको छ ।
सामूदायिक विद्यालयमा शुरु भएको अंग्रेजी माध्यमको पढाईलाई थप प्रभावकारी बनाउने र शिक्षकहरुलाई तालिम, पुरस्कार र दण्डको नीति लिईएको छ । जेष्ठ नागरिकको सीप पुस्तान्तर गर्ने, सबै वडामा खानेपानीको सुविधा प्रर्याप्त मात्रा पुराउने, ३ वर्षमा पूर्ण सरसफाई युक्त नगर र बालमैत्री फलेवास बनाउने, देविस्थानमा रंगशाला शैलीको खेलमैदान, मेयर संग यूवा कार्यक्रम लगायतका कार्यक्रम पनि नगरको प्राथमिकतामा छन् । नगर प्रहरी राख्ने निती पनि सार्वजनिक गरिएको छ ।
नगरपालिकाले बजेट भने भोली प्रस्तुत गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!