कहाँ छन् होला ? पर्वतको थापाठानाका यी आमाछोरी महिनादिन देखि बेखबर - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिका २ थापाठानाकी एक महिला महिनादिन देखि ४ बर्षिया छोरी सहित बेपत्ता भएकी छिन् । २ फागुनमा काठमाण्डौबाट पर्वतका लागि हिडेकी २४ बर्षिया सर्मिला थापा आफ्नी ४ बर्षिय छोरी सुप्रिया थापा सँगै ३६ दिनसम्म बेखबर बनेकी हुन् ।
फलेवास नगरपालिका २ थापाठाना खनार माइतघर भई सोही स्थानमा ९ बर्षअघि प्रकाश थापाका साथ विवाह गरेकी सर्मिला काठमाण्डौबाट घरमा जान भनी हिडेकी तर हाल सम्म परिवार तथा माइती पक्षको सम्पर्कमा नआएकी हुन् । पर्वत प्रहरी लगायत घर पक्ष र माइती पक्षले उनको खोजि कार्य गरेपनि हराएको ३६ औँ दिन सम्म फेला पर्न सकेकी छैनन् ।
सर्मिलाका माइती पक्षले भने घर परिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । । ‘घरमा बस्न नसकेको भन्दै १८ महिना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’ बेपत्ता महिलाका बाबु मतिलाल कार्कीले छोरी सर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाए ।
सर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ बर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए ।
यता श्रीमान्ले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफुले काठमाण्डौबाट पर्वतको बसमा चढाएको तर कहाँ कता गए भन्नेबारेमा आफुपनि अन्योल रहेको बताएका छन् । उनले माइती पक्षले नै सर्मिला र छोरीलाई बेखर बनाएको आरोप लगाए । सर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ मा घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर ५ फागुनमा कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफुहरुलाई थाहा भएको बताए ।
परिवारले खोजि कार्यमा तदारुकता नदेखाएपछि आफुले १३ फागुनमा पर्वत प्रहरीमा खोजि कार्यमा सहयोग गरिदिन निवेदन दिएको उनले बताए । ‘आफन्त, नातागोता, इष्टमित्र सवै तर्फ खोज्नुपर्ने ठाउँमा सोध खोज ग¥र्योै तर अत्तोपत्तो लागेन’ उनले छोरी सर्मिला र नातिनी सुप्रियाको तस्विर देखाउँदै भने ‘घर परिवारले नै यो अवस्था बनाएका हुन्’ पहिल्यै देखि शारिरीक र मानसिक यातना दिँदै आएकोले घरपरिवारले नै उनीहरुलाई बेपत्ता बनाएको आरोप मोतिलालको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्वतले भने सम्बन्धित ठाउँमा खोजि कार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । काठमाण्डौबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । माइती र घर पक्ष बीचको सम्बन्ध समेत राम्रो भएका कारण खोजि कार्यमा समस्या भएको र दुवै पक्षलाई मिलेर खोजि कार्यमा सहयोग गर्न आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!