लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
सरकार जनअपेक्षा अनुरुप काम गर्न प्रतिवद्ध – मन्त्री अधिकारी - News site from Nepal
सरकार जनअपेक्षा अनुरुप काम गर्न प्रतिवद्ध – मन्त्री अधिकारी


पोखरा, १२ फागुन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वर्तमान सरकार जनअपेक्षा अनुरुपको काम गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।
पोखरा महागरपालिका वडा नं. २१ कृस्तिस्थित भविष्य माविको ६६ औं बार्षिकोत्सव, सम्मान, पुरस्कार वितरण तथा अभिभावक दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताउनुभयो ।
सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीहरुलाई अग्रसर हुन सुझाव दिनुभयो ।
राष्ट्र निर्माणका लागि उच्च भावनाका साथ अगाडि बढ्नु पर्ने उल्लेख गर्दै मन्त्री अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।
बुबा र आफुले पनि यस विद्यालयमा विद्यार्थीलाई पढाएकाले भावनात्मक सम्वन्ध रहेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो “ विद्यालयको विज्ञान प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्नेछु”
सुचना, सञ्चार प्रविधि मन्त्रालयको उच्चस्तरीय कम्प्यूटर ल्याव स्थापना गर्ने विद्यालयकोरुपमा छनोट भएकोमा खुशी व्यक्त गर्दै उहाँले प्रविधिको माध्यमबाट विद्यार्थीहरुको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो ।
जनताको पक्षमा निरन्तररुपमा कृयाशिल रहने उल्लेख गर्दै उहाँले आउँदो बर्षदेखि क्रमिकरुपमा वृद्धभक्तामा बृद्धि गर्दै पाँच बर्ष भित्र पाँच हजार पु¥याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री अधिकारीले यसअघि मात्र मुलुकमा १३ वटा विमानस्थल सञ्चालनमा रहेकामा आपूmले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हालसम्म २७ वटा विमानस्थल सुचारु भएको र सात वटामा निर्माण तथा मर्मत कार्य भई रहेको जानकारी दिनुभयो ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघिनै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले लुम्विनिस्थित गौताम वुद्ध विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिनुभयो ।
विद्यालयका प्रथम प्रधानाध्यापक ९८ बर्षीय बाबुराम रेग्मीले खरको छानाबाट शुभारम्भ भएको विगतका आरोह अवरोहको सम्झाना गर्दै विद्यालयको उज्ज्वल भविष्यको बारेमा प्रकाश पार्नुभयो ।
सोही अवसरमा मन्त्री अधिकारीले अक्षयकोष दाताहरुलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गर्नुका साथै विद्यालयद्धारा प्रकाशित स्मारिका २०७५को विमोचन गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रमा पोखरा २१ का वडाअध्यक्ष खगराज आचार्य, १७ अध्यक्ष तिर्थराज अधिकारी, अक्षयकोषदाता श्रीबहादुर रानाभाट, सल्लाहकार समितिका सदस्य विजयराज अधिकारी, अक्षयकोषदाता तुल बहादुर गुरुङ, प्रधानाध्यापक राजेन्द्र सापकोटा लगायतले शिक्षाको महत्व माथि प्रकाश पार्नुभएको थियो । तस्वीर उपलव्ध छ । हरि बास्तोला

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!