पर्वत /पर्वत जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी चिन्नेखोलास्थित सिस्नेमुलमा आईतबार बिहान चार वटा शंकास्पद झोला भेटिएपछि बम ठानेर ठुलै हल्ला फैलियो ।खानेपानी लिन धारामा जाँदा शंंकास्पद चारवटा झोला देखेपछि बम ठानेर स्थायिनबासी त्रसित बने । त्रसित नबनुन पनि कसरी । केही दिन देखि एनसेलका टावरमा बम बिष्फोट गराउने र ठाउँठाउँमा बम राख्ने काम भएकाले ती झोलामा पनि बम हुन सक्ने आशंका स्थानियबासीले गरे ।बम ठानेर स्थानियबासीले जिल्ला प्रहरी कार्यालय पर्वतमा खवर गरेका थिए । तर जब बम ठानिएका झोला खानतलासी गर्दा भने झोलाभित्र कागजका टुक्रा भेटिएका छन् ।नेपाली सेनाको २३ नम्बर बाहिनी बाग्लुङ्गबाट गएकोे टोलीले ती झोला खानतलासी गर्दा झोलाभित्र कागज मात्रै भेटेका हुन् ।विहानीको समय पानीलिन धारामा जाँदा चारवटा झोला राखिएका थिए, हामी त्रसित बन्यौ र प्रहरीलाई खवर गर्यौ स्थानिय एक महिलाले बताईन् । घटनास्थलमा शसस्त्र प्रहरी, जनपद प्रहरी समेत परिचालित भएको थियो ।