पर्वतको कटुवाचौपारीमा बम राखेको हल्ला, खोली हेर्दा कागजका डल्ला - News site from Nepal

पर्वत /पर्वत जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी चिन्नेखोलास्थित सिस्नेमुलमा आईतबार बिहान चार वटा शंकास्पद झोला भेटिएपछि बम ठानेर ठुलै हल्ला फैलियो ।
खानेपानी लिन धारामा जाँदा शंंकास्पद चारवटा झोला देखेपछि बम ठानेर स्थायिनबासी त्रसित बने । त्रसित नबनुन पनि कसरी । केही दिन देखि एनसेलका टावरमा बम बिष्फोट गराउने र ठाउँठाउँमा बम राख्ने काम भएकाले ती झोलामा पनि बम हुन सक्ने आशंका स्थानियबासीले गरे ।
बम ठानेर स्थानियबासीले जिल्ला प्रहरी कार्यालय पर्वतमा खवर गरेका थिए । तर जब बम ठानिएका झोला खानतलासी गर्दा भने झोलाभित्र कागजका टुक्रा भेटिएका छन् ।
नेपाली सेनाको २३ नम्बर बाहिनी बाग्लुङ्गबाट गएकोे टोलीले ती झोला खानतलासी गर्दा झोलाभित्र कागज मात्रै भेटेका हुन् ।
विहानीको समय पानीलिन धारामा जाँदा चारवटा झोला राखिएका थिए, हामी त्रसित बन्यौ र प्रहरीलाई खवर गर्यौ स्थानिय एक महिलाले बताईन् । घटनास्थलमा शसस्त्र प्रहरी, जनपद प्रहरी समेत परिचालित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!