नेकपाद्वारा पूर्व उपप्रधानमन्त्री अधिकारीको स्वास्थ्यलाभको कामना - News site from Nepal

काठमाडौँ, १० माघ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आज पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो । गत माघ २ गते मुटु, श्वासप्रश्वास र छातीको सङ्क्रमण भएपछि उहाँको उपचार अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ । अधिकारीको गत बुधबारदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, तत्कालीन नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!