कर्मचारी होसियार ! कार्यालयमा छड्के निरिक्षण गर्दै पर्वत प्रशासन - News site from Nepal

पर्वत । पर्वतका सरकारी कार्यालयहरुको काम काज र कर्मचारीहरुको उपस्थिति र अवस्थाका बारेमा जानकारी लिने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय पर्वतले छड्के अनुगमन थालेको छ ।
सरकारी कार्यालयहरुको कागको प्रगतिको अवस्था, कर्मचारीहरुको कार्यशैली, नियमितता र कार्यालयमा हुनेपर्ने सवै मापदण्डहरु छन् वा सेवाग्राहिकहरुले के कसरी सेवा पाएका छन् भन्ने अवस्थाका मारेमा बुझ्न अनुगमन गर्न थालिएको हो । सरकारी कार्यालयको सुशासन (व्यवस्थापन तथा संचालन ) ऐन, २०६४ र नियमावली २०६५,को नियम ४० र ४१ र अनुसुची १ ले निर्दिष्ट गरेको ३६ वुँदा विषयहरु समावेश भएको ढाँचामा निरिक्षण सुरु भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आजदेखि गरिएको निरिक्षणमा सेवा प्रवाह तथा सुशासन, सदाचार, आर्थिक अनुसासन कायम, विकास निर्माण कार्यमा समन्वय र सहजिकरणल लगायतका विषयमा सोधपुछ गरिएको थियो । बुधवार जलस्रोत तथा सिंचाई विकास डिभजन कार्यालय, नापी कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा निरिक्षण भएको प्रजिअ ढकालले जानकारी दिए । क्रमागत रुपमा जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका सवैजसो कार्यालयहरु निरिक्षण हुने जिल्ला प्रशासनले जनाएको छ ।
प्रशासनको बार्षिक कार्य अनुरुप यस वर्ष पहिलोपटक कार्यालयमा छड्के गरिएको थियो । त्यसमध्ये केहि कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाईएकाले कारवाहि गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!