पर्वतको खौलालाकुरीकी २६ वर्षिय सरिताको पोखरामा स्कुल बसले किचेर मृत्यु - News site from Nepal

 

पर्वत-  पोखरामा स्कुल बसले किच्दा एक युवतीको ज्यान गएको छ । मंगलबार बिहान पोखरा-१७ राम मन्दिर नजिकै ग १ क २४९९ नम्बरको स्कुल बसले किच्दा पर्वतको खौलालाँकुरी घर भई पोखरा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल (सुवेदी) को मृत्यु भएको हो । पोखरा-१७ कै बालोदय मा.विको बसले उनलाई किचेको हो ।

स्कुुल बसबाट ओर्लने क्रममा उनी अचानक लडेकी थिइन् । चालकले गाडी अगाडि बढाउँदा उनी गाडी मुनि परेको बताइएको छ । घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको क्रममा गण्डकी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् । चालक र गाडीलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!