
पर्वत- पर्वतमा मानवअधिकार उल्लंघटनका घटनाहरु बढ्दै गएको तथ्याङक सार्वजनिक भएपछि सरोकारवालाहरुले मानवअधिकार संबद्र्धन सँगै उल्लंघनका घटना न्यूनिकरणमा चासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको आयोजनामा सञ्चालित बर्ष २०२० का लागि मानवअधिकार बर्ष पुस्तक पुर्व समिक्षा कार्यक्रमका सहभागीहरुले मानवअधिकार सम्बद्र्धनमा लाग्न जोड दिएका हुन् ।
इन्सेकद्वारा संकलित तथ्याङक सार्वजनिक गर्ने क्रममा यौन दुव्र्यबहारका घटनाहरु अत्याधिक मात्रामा देखिएपछि यस्ता प्रकृतिका घटना न्यूनिकरणका लागि राज्य पक्ष र नागरिकसमाज नै सचेतना अभियानमा जुट्नुपर्ने अवस्था आएको नागरिक समाज पर्वतका पुर्व संयोजक राजेन्द्र पहाडीले बताउनुभयो । पर्वतमा सन् २०१९ मा बाल यौन दुव्र्यबहारका घटना ७ र महिला बलात्कारका घटना ४ रहेका छन् ।
इन्सेकद्वारा सन् २०१९ मा भएका मानवअधिकार उल्लंघनका घटनाहरु सार्वजनिक गरिएको थियो । इन्सेक प्रतिनिधि सन्तोष थापाले गैह्र कानुनी गिरफ्तारका ४, हत्या २, बम विष्फोट १, बाल यौन दुव्र्यबहार ७, बलात्का ४, घरेलु हिंसा १० र भौतिक क्षति १ गरी २९ वटा घटना सार्वजनिक गर्नुभएको थियो ।
सो सँगै वर्ष पुस्तक समीक्षा कार्यक्रममा महिलामाथि हुने हिंसाका घटनामा वृद्धि भएको समेत तथ्याङ्कबाट सार्वजनिक भएको छ । महिलामाथि बलात्कारका साथै आत्महत्या गर्न बाध्य बनाएका घटनामा पनि जिल्लामा भएको इन्सेकको प्रतिवेदनले देखाएको छ ।