भ्रमण बर्ष २०२० : उद्घाटनमै दुई करोड खर्चँदै सरकार - News site from Nepal
भ्रमण बर्ष २०२० : उद्घाटनमै दुई करोड खर्चँदै सरकार

काठमाडाै‌ं : सरकारले नेपाल भ्रमण बर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रमलाई भव्य बनाउन २ करोड रुपैयाँ खर्च गर्दै छ।
पुस १६ गते (जनवरी १) का दिन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण बर्ष शुरु भएको औपचारिक घोषणा गर्नेछिन्। उद्घाटन कार्यक्रममा सहभागिताका लागि सरकारले ३१ मुलकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेको छ।
लाई भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यको भनाइ छ। उनले भ्रमण बर्ष उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रिय स्तरको कार्यक्रम हुने बताए।
त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको वैद्यले जानकारी दिए। उद्घाटन कार्यक्रमको खर्च नेपाल भ्रमण बर्ष सचिवालयलाई सरकारले उपलब्ध गराएको वार्षिक बजेटअन्तर्गत रहेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।
सरकारले हालै भ्रमण बर्षका लागि ६१ करोड ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ। त्यसमध्ये पर्यटन मन्त्रालयबाट १० करोड र नेपाल पर्यटन बोर्डबाट १० करोड गरी २० करोड रुपैयाँ उपलब्ध भएको भ्रमण बर्ष सचिवालयले जानकारी दिएको छ, यो खबर आज प्रकाशित आर्थिक अभियान दैनिकमा छापिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!