कार्कीनेटा सम्पर्क समाज पोखराको साधारणसभा सम्पन्न, दुःख सुखमा एकजुट हुन मेयर शर्माको आग्रह - News site from Nepal

 

पर्वत- कार्कीनेटा सम्पर्क समाज पोखराको चौथो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माद्वारा दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन भएको थियो। कार्यक्रममा बोल्दै शर्माले कार्कीनेटा सम्पर्क समाजले पोखरामा छरिएर बसेका सम्पूर्ण कार्कीनेटे दाजुभाई दिदीबहिनीहरुलाई एकीकृत गरि अपनत्वको भावनालाई प्रगाढ बनाएको बताएका थिए। गरिव, दुःखी र तत्काल आर्थिक समस्यामा परि कुनैपनि उपचारको लागि समस्या भएकाहरुलाई सहयोग गर्ने गरि स्थापना गरेको आकस्मिक सहायताकोषले ठूलो राहत दिने समेत जनाएका थिए।

त्यसै गरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आर.सी. शर्माले यो समाज निस्वार्थ सामाजिक कार्यको लागि स्थापना भएको र यसबाट कसैले पनि व्यक्तिगत लाभ भन्दा पनि सामाजिक हितको लागि अगाडि बढ्नुपर्ने जनाएका थिए। त्यसै गरी समाजले स्थापना गरेको आकस्मिक सहायता कोषमा सहयोग गर्नुहुनेप्रति कृतज्ञता व्यक्त गरेका थिए। भने अन्य सहयोगीहरुलाई समेत यस अभियानमा एकबद्धता हुन आह्वान गरेका थिए।

संस्थाका सचिव हरिप्रसाद शर्माले भैपरी आउने घटनालाई जुध्न सक्ने साहस दिनको लागि निर्माण गरिएको आकस्मिक सहायता कोषबाट राहत प्रदान गर्दा अध्यक्ष, सचिव, कोषाध्यक्ष र सम्पूर्ण पदाधिकारी र आर्थिक संयोजकको सिफारिसमा राहत वितरण गरिने बताएका थिए।

संस्थाका कोषाध्यक्ष विनोद पौडेलले समाजबाट आकस्मिक सहायता कोषमा न्यूनतम ५ लाख उठाउने लक्ष्य राखेको भएपनि अहिलेसम्म ३ लाख ७८ हजार ३ सय ४० रकम उठ्ने रकम भएकोमा २ लाख ९० हजार ८२ रुपैयाँ उठिसकेको जानकारी दिएका थिए।

कार्यक्रममा आकस्मिक सहायताकोषमा सहयोग गर्ने ३० जना र आजिवन सदस्य ४३ जनालाई माला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

संस्थामा आजिवन सदस्य १ सय ५२ जना, साधारण ४३ र आमन्त्रित सदस्य २ जना रहेका छन्।

कार्यक्रमको सञ्चालनमा सचिव हरिप्रसाद शर्माले गरेका थिए भने संस्थाकी उपाध्यक्ष सीता शर्माले स्वागत मन्तव्य र संस्थाका अध्यक्ष आरसी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!