पर्वत । जिल्लाको मोदी गाउँपालिका १ भुकदेउरालीको झिल्लीबराङ र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न ९ जोड्ने भुरुङदीखोला मोटरेवल पुलको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकोछ । कुल २ करोड ५२ लाख २० हजार २६ रुपैंयाको लागतमा निर्माण हुन लागेको मोटरेवल पुलको सार्वजनिक सुनुवाई कार्यक्रममा लागत स्टिमेट र त्यसको प्राविधिक पक्षको बारेमा पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दयाराम अधिकारीले जानकारी गराएका थिए ।
अधिकारीले पुल निर्माण कार्यमा सवैको सहयोग र साथ हुनुपर्ने समेत बताए । कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले विकास निर्माण आवश्यकताका आधारमा हुनुपर्ने धारणा ब्यक्त गरे ।
उनले स्थानीय जनताको चाहना बमोजीम नै विकास निर्माणका कामहरुले प्राथमिकता पाउनुपर्ने विचार राखे । सार्वजनिक सुनुवाई कार्यक्रममा निर्माण ब्यवसायी चेतनाथ आचार्य, भुक १ का कावा वडा अध्यक्ष भुलबहादुर पौडेल, अन्नपूर्ण ९का वडा अध्यक्ष विरबहादुर क्षेत्री, स्थानीय पुल सहयो इकाइका हरी जोशी र स्थानीयबासीहरुले मोटरेवेल पुल निर्माणका विषयमा धारणा राखेका थिए ।
२५ मिटर लामो उक्त पुल भुरुङदीखोलामा निर्माण हुन लागेको हो । पुल निर्माण हुँदा भुकदेउरालीको झिल्लीबराङका स्थानीयहरुलाई यात्रा सहज हुनेछ । पुल निर्माणको जिम्मा मेरिना तथा नेशनल स्ट्रक्चर निर्माण सेवाले लिएको छ ।
एक बर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य शुरुवात भईसकेको निर्माण कम्पनीले जनाएको छ । पुल आगामी असार महिना भित्र सम्पनन गर्नुपर्नेछ ।