
पर्वत– हजारौ रुपैया खर्चेर आयकर बुझाउनका लागि विगतका वर्षहरुमा पोखरा र अहिले बागलुङ जान बाध्य पर्वतका व्यावसायीहरुको समस्यालाई मध्यनजर गर्दै कुश्मामा नै आयकर संकलन शिविर संचालन भएको छ ।
उद्योग बाणिज्य संघ पर्वतको व्यवस्थापनमा आन्तरिक राजस्व कार्यालय बागलुङले सदरमुकाम कु्श्माबजारमा आयकर संकलन गर्ने व्यवस्था मिलाएपछि विगत तीन दिनदेखि आयकर बुझाउने र नविकरण गर्नेहरुको भिड लाग्न थालेको छ । पर्वत उद्योग बाणिज्य संघको अनुरोधमा आएको टोलीले आर्थिक बर्ष २०७५÷०७६ को ब्यापारिक फर्मको पान नं. नविकरण तथा राजश्व संकलन गरिरहेको उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।
पर्वतमा आयकर बुझाउने व्यावसायीहरुको संख्या एक हजार पाँचसय जति रहेको छ । यसैबीच पर्वत उद्योग बाणिज्य संघले एक सूचना जारी गरी आज शनिवार पनि आयकर संकलन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पर्वत उद्योग बाणिज्य संघको अनुरोधमा जिल्लामा नै आयकर बुझाउने ब्यबस्था मिलाएपछि स्थानिय व्यावसायीहरु लाभान्वित बनेका छन् उहाँले शनिवार पनि संकलन कार्य नरोकिने भन्दै व्यावसायीहरुले सेवा लिन सक्ने जानकराी दिनुभयो ।
ब्यापरिक फर्म नविकरणका लागि बागलुङ्ग धाउनुपर्ने साना ब्याबसायीको समस्यालाई मध्यनजर राखेर विगत ७ वर्षदेखि नै कुस्माबजारमा आयकर बुझाउने ब्यबस्था मिलाउँदै आएको छ । जिल्लामा नै कर बुझाउने ब्यबस्था गर्दा ब्यापारीलाई ठुलो राहत मिल्ने र बागलुङ जाने झण्झट नहुने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष शर्माले बताउनुभयो पर्वत उद्योग बाणिज्य संघमा सदस्य बन्नका लागि पनि पान वा भ्याटलाई अनिवार्य गरिएको छ ।