पर्वतको लुंखुदेउरालीमा रहेको एशियाकै ठुलो महाशीलाको विकासका लागि डि.पि.आर तयार - News site from Nepal

पर्वत– नेपालका उत्कृष्ट सय ओटा पर्यटकीय गन्तब्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि डि.पि.आर तयार पारिएको छ ।
महाशीला गाउँपालिकामा रहेको एसीयाकै ठूलो शीला भनी दावी गरिएको महाशिलालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथमा डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जिवनबिक्रम उचैले जानकारी दिनुभयो ।
विशेषत प्राकृतिक उपचार योग साधन सहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्य स्थल निर्माणको लागि शिलामा एक सय आठ फिट अग्लो हुने गरी भगवान शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ ।
यस्तै, शिलाको बीच भागमा शिशाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक शिशाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, पार्क बनाउने, योग कक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैंचा निर्माण गर्ने काम डिपिआरमा समाबेश गरिएका उचैले जानकारी दिनुभयो ।
पर्यटन मार्पmत पर्वतबासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्वपूर्ण हुन सक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताउनुभयो । महाशिला गाउँपालिकामा स्थानीय उत्पादनका परिकार स्वाद चखाउने गरी सुरु गरिएका होमस्टे सेवाले पनि पर्यटकलाई तान्ने क्रम चलिरहेको बेलामा महाशिलाको विकास अर्को महत्वपूर्ण योजना बनेको उहाँको भनाई छ ।
महाशीला गाउँपालिकाले एसियाकै ठूलो शिलालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी चिनाउने अभियानमा लाग्न जिल्लाबासी सबै नागरिकमा आह्वान पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!