प्रमुख समाचार

सामाजिक विकास मन्त्री पुन भन्छिन् ‘डाक्टरहरु खटाएको ठाउँमा जान नमान्दा समस्या’

By लोकतन्त्र अनलाईन

March 23, 2019

पर्वत /गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले सरकारी डाक्टरलाई काममै खटाउन समस्या भएको गुनासो गरेकी छन ।पर्वत अस्पताल बिकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री पुनले डाक्टरले बिरामी जाँच्न ठाउँमा जानै नखोज्दा काममा खटाउन कठिन भएको गुनासो गरेकी हुन ।‘डाक्टरले जहाँ धेरै बिरामी छन त्यही जानका लागि रुची देखाउनुपर्ने हो’ मन्त्री पुनले भनिन ‘तर सरुवा भएका डाक्टरले बिरामीको चाप कम हुने प्राथमिक स्वास्थ्य केन्द्र रोज्दा काममा खटाउन समस्या भएको छ ।’ राज्यको सुबिधामा पढेका डाक्टर समेत काम खटाएको ठाउँमा नजानका लागि न्वारन देखिको बल लगाउने गरेको अनुभब सुनाउँदै मन्त्री पुनले भनिन सरकारको सुबिधामा पढेपछि राज्यका लागि पनि योगदान गर्नुपर्ने धारणा उनको छ । डाक्टरहरु सघ अन्र्तगत रहेकाले पनि प्रदेश सरकारले आवश्यकताका आधारमा जनशक्ति खटाउन समस्या परेको बताउँदै आएका छन ।प्रदेश सरकारले बजेट बिनियोजन गर्ने समयमा धेरै अस्पतालहरु संघ र स्थानिय तह अन्र्तगत रहेको र अहिले प्रदेश मातहत जाँदा बजेट ब्यबस्थापनमा समस्या भएको पनि मन्त्रीको भनाई थियो । पहिले प्रदेश मातहत कम अस्पताल भएकाले प्रदेश सरकारले मातहतका अस्पतालमा सुत्केरी हुने महिलाका लागि समेत यस बर्ष बजेट बिनियोजन गर्न कठिन भएको र आगामी बर्ष त्यसलाई पुरा गरिने प्रतिबद्धता जनाईन । स्वास्थ्य सेवाका क्षेत्रमा संघ र स्थानिय सरकार उद्दार बन्न नसकेको र बजेट र जनशक्ति ब्यबस्थापनमा समेत सहयोग नगरेको उनको अनुभब छ । पर्वत अस्पतालमा जनशक्ति, उपकरण र अन्य ब्यबस्थापनका लागि आफुँले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाईन । प्रदेश सरकारले हरेक बिद्यालयमा पुगेर स्वास्थ्य शिक्षा अभियान चलाउने तयारी गरेको उनले जानकारी दिइन ।पर्वत अस्पताल बिकास समितिका अध्यक्ष गोबिन्द पहाडीले पर्वत अस्पतालमा जनशक्ति अभाब भएको, औषधी खरिदका लागि नगरपालिकालाई बजेट दिइएकाले समस्या भएको, डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि आवास सुबिधा नहुदा नियमित काममा खटाउन समस्या परेको बताएका थिए । अस्पतालमा एम्बुलेन्स चालक नहुँदा काममा समस्या भएको लगायतका समस्या अस्पतालका तर्फबाट निमित्त सुपरिटेण्डेन्ट डा. सन्तोषी थपलियाले राखेकी थिइन ।