पौडेल समाज पर्वतको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पून द्रोणराज - News site from Nepal

पर्वत/ आत्रेय गोत्रीय पौडेल समाज पर्वतको तेस्रो अधिबेशन तथा दोस्रो साधारणसभा शुक्रबार कुस्माबजारमा सम्पन्न भएको छ ।
दोस्रो अधिबेशनले पूनः द्रोणराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कलकान्त पौडेल उपाध्याय, सचिबमा ऋषिराम शर्मा पौडेल, कोषाध्यक्षमा पार्वती उपाध्याय पौडेल र सहसचिबमा सोमत अधिकारी पौडेललाई निर्वाचित गरेको छ । सदस्यहरुमा कृष्णराज पौडेल, दिलिप पौडेल, बिष्णुकुमारी शर्मा पौडेल, हिमलाल पौडेल, मेघनाथ पौडेल र समिक्षा पौडेल रहनुभएको छ । रिक्त रहेका ५सदस्य पदमा कार्यसमितिले भूगोल र क्रियाशिलता मिलाएर मनोनित गरिने नवनिर्वाचित सचिब ऋषिराम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यसअघि साधारणसभा तथा अधिबेशनको पुनराबेदन अदालतका पुर्ब प्रमुख न्यायधीश पोषनाथ शर्मा पौडेलले उद्घाटन गर्नुभयो । उहाँले गोत्रीय बन्धुहरुको एकतामा जोड दिदै बंशाबली तयार गर्ने र सबै गोत्रीय बन्धुहरुलाई एकताको सुत्रमा बाँध्नका लागि समाजले महत्वपुर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै आत्रेय गोत्रीय पौडेल समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हरिराम पौडेलले देशैभरका पौडेल बन्धुहरुको बंशावली तयार गरिएको बताउँदै भातृत्व र आपसी एकता कायम गराउन समाजले सधै भूमिका खेल्दै आएको छ भन्नुभयो ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष शालिग्राम पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेकपाका केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, पुर्ब जिबिस उपसभापति राम शर्मा पौडेल, प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, गुप्तेश्वर धार्मिक तथा पर्यटकीय बिकास संस्थाका अध्यक्ष तथा समाजका सल्लाहाकार पृथ्वीनारायण शर्मा, गर्गचार्य सेवा समाज पर्वतका अध्यक्ष लोकनाथ आचार्य, अधिकारी बन्धु समाज पर्वतका अध्यक्ष लोकनाथ अधिकारी, दशनामी समाज पर्वतका अध्यक्ष योगराज गिरी, जग्गादाताको तर्फबाट गणेश पौडेल र कमलकान्त पौडेल उपाध्याय लगायतले अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो ।
आत्रेय गोत्रीय पौडेल समाजका अध्यक्ष द्रोर्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब ऋषिराम शर्मा पौडेलले गर्नुभएको थियो । अधिबेशनमा नै आत्रेय गोत्रका कुल देवता बराह देवताको मन्दिर तथा सत्तल बनाउनका लागि निशुल्क जग्गादान गर्ने परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कुस्मा नगरपालिका वडा नं ४ निवासी बलराम पौडेलको परिवारले आफ्ना माता पिता तथा स्वर्गिय जेष्ठ सुपुत्र राजन पौडेलको स्मृतिमा कुस्मा नगरपालिका वडा नं ७ गोदाममा २ रोपनी जग्गा निशुल्क दिनुभएको छ भने कुस्मा नगरपालिका वडा नं ४ कै कमलकान्त पौडेलले जग्गा सम्म पुग्न आबश्यक पर्ने ४ मिटर बाटोका लागि जग्गा दान गर्नुभएको छ । समाजले बराह देवताको मन्दिर, सत्तल बनाउन यही बर्ष महायज्ञ आयोजना गर्न लागेको समाजका अध्यक्ष द्रोणराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!