पर्वतको खुर्कोटमा नेविसंघको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न - News site from Nepal

ठाकुर रसाईली
पर्वत- नेपाल विद्यार्थी संघ हिमालय माध्यमिक बिद्याल इकाई कार्य समिती कुश्मा नगरपालिका २ खुर्कोटको आयोजनामा शुभ दिपावालीको अवसरमा शुभकामना आदानप्रदान तथा कुश्मा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बक्तृत्वकला प्रतियोगितामा नमुना आबसिय माबीका छात्रा निरुता शर्मा प्रथम हुनुभएको छ । त्यस्तै राष्ट्रिय बाल शिक्षा सदनबाट सहभागी छात्रा संरचना शर्मा दोस्रो र बिश्वज्योती माबी शिल्मीबाट सहभागी छात्रा नम्रता सुवेदीले तेस्रो स्थान हासिल गर्नुभएको छ । प्रथम हुनेले नगद ७ हजार र प्रमाणपत्र दोस्रो हुनेले ५ हजार र प्रमाणपत्र त्यस्तै तेस्रो हुनेले ३ हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छ्न । प्रतियोगितामा कुश्मा नगरपालिका भित्रका १३ वटा विद्यालयको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आउँदै गरेको शुभ दिपावलीको शभकामना व्यक्त गर्दै नेपाल बिद्यार्थी संघको देशको परिवर्तनमा गर्विलो इतिहास रहेको स्मरण गर्दै इकाई कार्यसमितिले आयोजना गरेको कार्यक्रमले विद्यार्थीहरुमा रहेका प्रतिभा क्षमतालाइ प्रस्फुटन गराउन ठूलो सहयोग गरेको भन्दै प्रसंसा गर्नुभयो । त्यस्तै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यक्रम गर्न अनुरोध गर्दै आफ्नो क्षेत्रबाट सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य सरस्वती शर्मा ‘जिज्ञासु’, कुश्मा नगरपालिका वडा नम्बर २ का अध्यक्ष यदुनाथ बास्तोला, कुश्मा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार क्षेत्री, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुबेदी, उपाध्यक्ष आर.सी. पौडेल, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार ‘शिव’, नेपाल महिला संघ पर्वतका सचीव मुना शर्मा लामिछाने, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव प्रसाद रेग्मी, नेपाल बिद्यार्थी संघ फलेवास नगर संयोजक सन्तोस पाठक, नेपाल विद्यार्थी संघ शिवालय क्याम्पस इकाई उपाध्यक्ष बिपना सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
प्रतियोगितामा निर्णायक शिक्षाबिद पृथ्वीनारायण शर्मा, कालिका माबीका पुर्व शिक्षक नारायण प्रसाद उपाध्याय, र सामाजिक अभियानता याम परियार ‘शिव’ रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्ष समेत रहनु भएका कलाकार आर.सी पौडेलले आफ्ना साँगितिक प्रस्तुति राख्नु भएको थियो । नेपाल बिद्यार्थी संघ हिमालय माबी इकाइ कार्यसमिति अध्यक्ष विवेक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुमन सुवेदी र सनम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेपाल बिद्यार्थी संघ हिमालय माबी इकाइ सचिब नोदराज रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!