
पर्वत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कुश्मा नगर कमिटिका सचिब ढाकाराम सुवेदीको निधन भएको छ ।
झण्डै एक वर्षदेखि ब्रेन क्यान्सर रोगवाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ निवासी सुवेदीको हिजो साँझ भरतपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । ४० वर्षिया सुवेदी तत्कालीन एमाले हुँदै नेकपामा सक्रिय राजनीतिमा रहेका थिए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।
उनको आजै पर्वतको मोदीवेणी धाममा दाहसंस्कार गरिने पारिबारीक श्रोतले जनाएको छ ।
यसैबीच नेकपाका नेताहरुले सुवेदीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।