पर्वतको खरेहामा ढिस्कोले पुरिएर सव– ओभरसियरको मृत्यु - News site from Nepal
पर्वतको खरेहामा ढिस्कोले पुरिएर सव– ओभरसियरको मृत्यु

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा पहिरोले पुरिएर एक सव–ओभरसियरको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत मोरङको बेलवारी नगरपालिका वडा नं. २ का सव ओभरसियर १९ वर्षिय कमल राईको पहिरोले पुरिएर मृत्यु भएको हो ।
सोमबार विहान निर्माणाधिन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा रहेको खरेहामा बाटो चक्लावन्दी र नाली निर्माणलका लागि नापजाँच गर्दै गरेका राईको एक्कासी ढिस्को खसेर पुरेको हो ।
बिहान करिब पौने १० बजेको समयमा लोकमार्गको बाटो नापजाँच गरेका राईलाई सुख्खा पहिरोले पुरेको प्रहरीले जनाएको छ । ढिस्कोले पुरेपछि सँगै रहेका साथीहरुले प्रहरीलाई खबर गरेको र जिल्ला प्रहरी कार्यालयवाट प्रहरी र शसस्त्र प्रहरीको टोलीले ै उनलाइ उद्धार गरि जिल्ला अस्पताल पर्वतमा पु¥याएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिए ।


मृतक राईको शव अहिले पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कार्य भैरहेको छ । वर्खायाममा सडक चक्लावन्दी गरेका कारण माथिवाट खस्ने क्रम चलिरहेको छ । माथि नहेरीकन तल नापजाँच गर्दा यस्तो घटना निम्तिएको लोकमार्ग आयोजनाका प्रमुख आशिष थापा मगरले जानकारी दिए ।
उनिसँगै रहेका अन्य दुई जना भने केहि टाढा रहेका कारण जोगिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari