जन्मदिनमा शिक्षक पराजुलीले गरिन् आफ्ना गरिब,जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान - News site from Nepal

पर्वत,विहादी
पर्वतको विहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित जनता आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक कोपिला पराजुलीले जन्मदिनको अवसरमा आफुले पढाउदै आएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
जन्मदिनको अवसरमा पराजुलीले श्री जनता आधारभुत बिद्यालयमा बालकक्षा देखि ८ कक्षा सम्म अध्ययनरत करिब १५ जना गरिब जेहन्दार छात्र, छात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो ।
पढाईमा मद्दत पुगोस् भन्ने उद्येश्यले कापी,डटपेन र पेन्सिल प्रदान गरेको पराजुलीले बताउनुभयो ।
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर भोजभतेर गर्ने प्रचलन बढदै गएको अवस्थामा उहाँले आफ्नो जन्मदिनको खर्च विद्यार्थीको शैक्षिक विकासका लागी खर्चिनुभएको हो । पराजुलीले विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि हौसला प्रदान गर्न सहयोग गरिएको प्रतिक्रीया दिनु भयो । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं’ पराजुलीले भनिन् अन्य सामुदायिक विद्यालयको शैक्षिक विकासका निम्ती म अनवरत रुपमा खट्ने छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari