
पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् शुक्रबार बेलायत प्रस्थान गरेका छन् । बेलायतमा हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै शुक्रबार प्रस्थान गरेको स्वकीय सचिव सुर्यप्रसाद गुरुङले जानकारी दिए ।
हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारासहित आइतबारदेखि बेलायतमा नेपाली मेला सुरु हुँदैछ । सोही मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुने छन् । तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुँदै आएको छ ।
बेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएनए बेलायतसहित विभिन्न नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ । बेलायत बसाईंको क्रममा एनआरएनए नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण वर्षका लागि वतावरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए ।