पर्वत काँग्रेसको पार्टी भवन बन्ने निश्चित: अर्जुनप्रसाद जोशीको संयोजकत्वमा वन्यो समिति - News site from Nepal
पर्वत/आफ्नो स्थापना कालदेखि नै भाडाको घरमा बस्दै नेपाली काँग्रेस पर्वतले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको विहिबार बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको संयोजकत्वमा भवन निर्माण समिति गठन गरेपछि भवन बन्ने निश्चित भएको हो ।
नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालको सभापतित्वमा बसेको बैठकले भवन निर्माण समिति र निर्देशक समिति गठन गरेको हो । भवन निर्माण समितिमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व साँसद तथा पूर्व पार्टी सभापती अर्जुनप्रसाद जोशी, उपसंयोजकमा पार्टी उपसभापति दुर्गाबहादुर खत्री, सचिवमा पार्टी सचिव विश्वप्रकाश प्रसाई र कोषाध्यक्षमा पार्टी कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्ण रहनुभएको छ ।
पार्टीले संयोजकको जिम्मेवारी दिएपछि आँफूले पूर्ण ईमान्दारिताका साथ पुरा गर्ने नेता जोशीले वताउनु भयो । केन्द्रीय सदस्य जोशीले वीपी स्मृति भवन पर्वत काँग्रेसको शान र गौरव भएको दाबी गर्दै भवन सम्पन गर्नका लागि काँग्रेसका सबै भातृ तथा शुभेच्छुक संघ संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ‘वीपी स्मृति भवनलाई सम्पन्न गर्न पर्वत मात्रै नभएर देश विदेशमा रहनु भएका काँग्रेसका साथीभाइहरुको भावनात्मक हार्दिकता चाहिन्छ, हामीले उहाँहरूबाट त्यो हार्दिकता पाउने विश्वासमा छौं ।’- नेता जोशीले भन्नु भयो ।
बैठकले सभापती खिमप्रसाद भुसालको संयोजकत्वमा एक निर्देशक समिति पनि गठन भएको छ । समितिको उप निर्देशकमा पैयु गाँउ पालिकाका अध्यक्ष खग्रेन्द्रप्रसाद तिवारी चयन हुनुभएको छ । एक वर्ष भित्रमा भवन निर्माण गर्ने गरि समिति गठन भएको सभापती खिमप्रसाद भुसालले बताउनुभयो । उहाँले सबैसंग सहकार्य र सहयोग लिएर भवन निर्माणको काम पुरा गर्ने बताउनुभयो । २०५६ सालमा कुश्मा नगरपालिका ४ मा खरिद गरिएको १४ आना ३ धुर रहेको जग्गामा भवन बनाउने तयारी छ । भवन निर्माणका लागि पार्टिका सबै तह र तप्काबाट सहयोग हुने र चाँडै भवन बन्ने पार्टीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!