कामना सेवा विकास बैंकको शाखा कास्कीको पुरुन्चौरमा - News site from Nepal
कामना सेवा विकास बैंकको शाखा कास्कीको पुरुन्चौरमा


माधव पराजुली,पोखरा
कामना सेवा विकास बैंकले कास्कीको पुरुन्चौर बाट आफ्नो सेवा सुरु गरेको छ । काठमाडौँ सहित पोखरा, बुटवल र नारायणगढ लगाएतका शहरहरुमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको बैंकले पुरुन्चौरमा ९७ औँ शाखा स्थापना गरी कारोबार सुचारु गरेको हो ।
९७ औँ शाखाको रुपमा स्थापना गरिएको उक्त बैंकको उद्ध्घाटन सोमबार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शाखाको उद्घाटन गर्दै मन्त्री लम्सालले अर्थतन्त्रलाई क्रियाशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपुर्ण रहेको चर्चा गर्नुभयो । साधन तथा स्रोतको परिचालन गर्न, लगानीलाई प्रोत्साहित गर्न, निक्षेप संकलन तथा परिचालन र राष्ट्रको सन्तुलित विकासका लागि बैंकिङ क्षेत्रहरु सधै क्रियाशिल रहिरहनुपर्नेमा जोड दिनुभयो ।


निजि क्षेत्र लाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा मान्न सकिने बताउदै उहाँले बैंक नाफामूखि भन्दा सेवामुखी बढी हुनुपर्नेमा जोड दिनुभयो । बैंकिङ क्षेत्रहरुले राष्ट्रको लागि पूँजी निर्माण गर्नुको साथै उत्पादित क्षेत्रहरुमा लगानी गर्दै रोजगारी पनि श्रृजना गर्न सक्नुपर्छ, अनि मात्र यो क्षेत्र देशको महत्वपूर्ण खम्बाको रुपमा आफै साबित हुन्छ,मन्त्री लम्सालले भन्नुभयो ।
उक्त बैंकले विभिन्न शहर तथा ग्रामिण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकका सञ्चालक देव कृष्ण काफ्लेले बताउनुभयो । शाखा विस्तार सँगै बैंकले सेवा सुविधाहरु प्नि थप्दै जाने उहाँको भनाई थियो ।


कारोबार शुभारम्भको उपलक्ष्यमा बैंकले ७ लाख सम्मको दुर्घटना बिमा, १ लाख सम्मको औषोधीउपचार सेवा देखि बचत खाता,एटिएम, बैंकिङ करोबार लगाएतको सेवा निशुल्क प्रदान गर्ने जनाएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन १०० भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari