पर्वतको शंकरपोखरीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा तीन सयको उपचार - News site from Nepal

पर्वत– हातमा लौरि र हस्याङफस्याङ गर्दै आएकी फलेबास नगरपालिका ७ की छनक कुमारी पौडेलले घरदैलोमै राम्रो डाक्टर र निशुल्क चेकजाँच पाउने आस अहिले सम्म गरेकि थिईनन । पटक पटक बिरामी परेर पनि सदरमुकाम सम्म पुगेर राम्रो चेकजाँच गर्न नसकेकि पौडेलले घरदैलोमै सबै चेकजाच गरि निशुल्क औषधि पाउँदा उनी दग मात्र परिनन्, आयोजक टिमहरुलाई धन्यवाद समेत दिईन । बुधबार लिमि भुमेकोट सामुदायिक होमस्टेको आयोजना तथा कुश्मा हस्पिटल प्रालिको प्राबिधिक सहयोग रहेको निशुल्क शिविरमा उपचार गराउन आएकि पौडेलको भनाई हो यो ।
बुढेसकालमा घरमै सेबा लिन पाउँदा अत्यन्तै खुसि लागेको अनुभव सुनाइन । धेरै पटक बिरामि परेर पनि सदरमुकाम पुगि राम्रो जाँच गर्न नसकेको समयमा घरनजिक स्वास्थ शिविर आएर सबै रोगको बारेमा जाँच गर्न अबसर पाएको उनले बताइन ।

उनी जस्तै शंकरपोखरीकै माया बिक पनि महिनौदेखि बिरामी परि बिस्तारामै थलिएकि थिईन । बजार सम्म पुगेर स्वास्थ जाँच गराउन नसकेकि बिकले पनि सेबा पाएकोमा खुशि देखिन्थिन । उनिहरु त उदारण मात्र हुन उनीहरु जस्ता करिब ३ सय जनाले निशुल्क उपचार पाएका छन् । सोहि वडाका ८९ बर्षिय गंगा प्रसाद भुषाल पनि लठ्ठीकै ईशारामा शिविरमा आईपुगेका थिए । ढाड र खुट्टाको समस्याले घरमै थला परेका उनलाई सदरमुकाम सम्म पुगेर उपचार गर्न निकै गार्हाे थियो । आखा समेत राम्रो सग देख्न नसक्ने भुषाल दैलोमा सेबा पाउँदा खुसि मात्र भएनन् दग परे । सुबिधा सम्पन्न अस्पतालमा पुगेर उपचार गराउन नसकेको समयमा दैलोमै सेबा पाउँदा मख्ख परेका थिए ।
शिविरमा धेरै जसो बृद्धबृद्धा देखि बालबालिकाले स्वास्थ उपचार गराएका थिए ।ग्याष्टिक, जरो, रुघाखोकी, हाडजोर्नी, दम, सुगर लगायतका बिरामिहरु धेरै देखिएको उपचारमा संलग्न चिकिस्सक भक्तm गुरुङले बताए ।
शिविरमा कामना सेवा विकास बैक, समाजसेबि सन्तोष मल्ल र युनियन लाईफमा कार्यरत रुद्र शर्मा को आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ । कुश्मा अस्पतालले यस अघि पनि जिल्लाका धेरै ठाउँमा निशुल्क प्राबिधिक सहयोग गर्दै आएको अस्पताल प्रमुख तेजेन्द्र अधिकारिले बताए । पर्वतको फलेबास नगरपालिकामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा झन्डै ३ सय बढिले उपचार गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!