प्रमुख समाचार

प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल

By लोकतन्त्र अनलाईन

May 22, 2019

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बुधबार करिब ३ घण्टासम्म छलफल चलेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच छलफल चलेको हो । ओलीसँगको छलफलका लागि प्रचण्ड बुधबार विहान बालुवाटार पुगेका थिए ।

ओली र प्रचण्डबीच झन्डै ३ घन्टा छलफल चलेको नेकपा स्रोतले जानकारी दियो । दुई अध्यक्षबीच पोलिटब्यूरो गठनका सम्बन्धमा छलफल चलेको जनाइएको छ ।

यस्तै पार्टीका विभागहरुलाई पूर्णता दिने विषयमा नेताहरुबीच छलफल चलेको जानकारी पाएको नेकपाका एक स्थायी सदस्यले बताए ।

दुई अध्यक्षबीचको छलफलका क्रममा केही समय महासचिव विष्णु पौडेल समेत सहभागी रहेका जनाइएको छ ।