यसरी मनाईयो आदर्श अंग्रेजी माविको तीसौ बार्षिकोत्सव, भर्चुअल लाईब्रेरीको उद्घाटन - News site from Nepal

पर्वत–पर्वतको कुश्मामा रहेको आदर्श अंग्रेजी आवसीय माविले तिसौँ बार्षिकोत्सव मनाएको छ । यसका साथै बिद्यालयमा अभिभावक दिवश र पुरस्कार बितरण गरिएको छ ।
बिद्यालयले तिसौँ बर्ष प्रबेशको अवसरमा विभिन्न कार्यक्रमको शुरुवात पनि गरेको छ । आज बिद्यालयमा एक समारोह गरि कार्यक्रम शुरु गरिएको छ । बिद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दै कुशमा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले समृद्धिको पहिलो खुड्किलो शिक्षा भएको भन्दै शिक्षाको बिकास विना समृद्धि सम्भव नरहेको बताउनुभयो । उहाँले नीजि र सामूदायिक बिद्यालयका बिचमा शिक्षामा प्रतिष्पर्धा हुन सके राम्रो हुने बताउनुभयो । यूवा पूस्ता पढेर पनि बेरोजगार बनि बिदेश जानुपरेको तितो यथार्थ उल्लेख गर्दै जोशीले शिक्षण संस्थाले शैक्षिक बेरोजगार नभई दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नगरउपप्रमुख सीता काफ्ले लामिछानेले आदर्श माविका साँच्चिकै आदर्श बिद्यालयको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले शिक्षालाई समाबेशी र सर्वसूलभ बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बिद्यालयले भर्चुअल लाईब्रेरीको आज उद्घाटन गरेको छ । बिद्यालयले विभिन्न बिधाका उत्कृष्ठ ९ बिद्यार्थीहरुलाई प्रमाणपत्र र ५ जना बिद्यार्थीलाई मेडल बितरण गरेको छ ।

कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्रीले बिद्यालयले स्मार्ट कक्षाको रुपमा पठनपाठन सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बिद्यार्थीहरुको रुची र माग अनुसार बिद्यालयले टकिङ टिचर, पर्पल टर्टल सिस्टममा पठनपाठन गर्न थालेको जानकारी दिनुभयो । आफ्नो बिद्यालयले शिक्षकहरुलाई शिक्षकको रुपमा नभएर रिसर्च पर्सन रुपमा अपग्रेड गर्न लागेको पनि बताउनुभयो । अन्तराष्ट्रिय स्तरको शिक्षण बिधीले पठनपाठन सञ्चालन गरेको यो बिद्यालय जिल्लाकै सबैभन्दा बढि प्रविधिको प्रयोग गरि अध्यापन गराउने बिद्यालय रहेको क्षेत्रीले दाबी गर्नुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, प्याव्सन पर्वतका अध्यक्ष बलराम शर्मा, बिद्यालयका संस्थापक अध्यक्ष लक्ष्मीकान्त शर्मा, ससत्र प्रहरी उपरिक्षक रमेशकुमार सुबेदी, नमूना आवासिय माविका प्रिन्सीपल ईन्द्रमान खत्री, कालीगण्डकी एकेडेमीका प्रिन्सीपल बसन्तकुमार कर्माचार्य, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको स्वागत तथा बिद्यालयको कार्यक्रम बारेमा प्रिन्सीपल क्षेत्रीले प्रकाश पार्नुभएको थियो भने सञ्चालन शिक्षक कमल थापाले गर्नुभएको थियो । गित र शव्द मार्फत स्वागत बिद्यार्थी सूर्यचन्द्र रेग्मी र सविना पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!