प्रमुख समाचार

चट्याङ लागेर दुईको मृत्यु, चारजना घाइते

By लोकतन्त्र अनलाईन

January 22, 2019

डडेल्धुरा : डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर मंगलबार बिहान दुईजनाको मृत्यु भएको छ। अरु चार घाइते भएका छन्। मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका ५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका ३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्। देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर रोशनी गम्भीर घाइते भएकी थिणन्।उनकाे जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उनको उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक केसीले बताए। यस्तै आलिताल गाउँपालिकाकै वडा ५ भित्रीसैनमा पनि चट्याङ लागेर चार जना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिषा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।