म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बालिका बेपत्ता - News site from Nepal
म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बालिका बेपत्ता

काठमाडौं :   शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ।
बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए। बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।
खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!