पर्वतको मोदी गाउँपालिकाले थाल्यो कार्यालय भवन निर्माण,मन्त्री लम्सालले गरे शिलान्यास - News site from Nepal


पर्वत ।।
पर्वतको मोदी गाउँपालिकाको आर.सि.सि. भवनको शिलान्यास गरिएको छ । पर्वतका ७ स्थानिय तह मध्ये भवन शिलान्यास गर्ने यो गाउँपालिका पहिलो हो ।
आईतवार मोदी गाउँपालिका वडा नं. २ स्थित पातिचौरमा रहेको केन्द्रमा एक कार्यक्रमका विच गाउँपालिकाको ८ कोठे भवनको शिलान्यास गरिएको हो ।
गाउँकार्यपालिकाले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न आर.सि.सि. भवन निर्माणका लागि यो आर्थिक बर्षमा ७२ लाख रकम विनियोजन गरेको थियो ।
अहिँले भाडामा सञ्चालन भईरहेको गाउँपालिका अबको ३ महिना भित्रमानै आफ्नै भवनमा सर्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको छ ।
गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाई भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले पातिचौरमा एक घर भाडामा लिएर सेवा दिईरहेको छ ।
भवन निर्माण कार्यलाई तीव्र रुपमा अगाडि बढाई अबको तिन महिना भित्रमानै भवन निर्माण कार्य सम्पन्न हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको भवन निर्माण पश्चात गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाहमा सहज हुने देखिन्छ ।
पहिलो बर्ष ८ कोठाको भवनसंगै एक सभाहल समेत निर्माण गरिने र आगामी आर्थीक बर्षमा पर्याप्त बजेट बिनियोजन गरेर १६ कोठाको तिन तले भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बताए । हाललाई भुईतला निर्माण कार्य सम्पन्न गछौं उनले भने “ अवको १२ महिनामा गाउँपालिका भवन निर्माणको काम पूर्णरुपमा सम्पन्न हुन्छ ”
उक्त गाउँपालिकाको भवनको शिलान्यास गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साले गरेका हुन । शिलान्यासका क्रममा उनले मोदी गाउँपालिको आफ्नो बजेट बाट कार्यपालिकाको भवन निर्माण गरेर अन्य स्थानियतहरुलाई गतिलो सन्देश दिदै नमुना बनेको बताए ।
आफैले बनाएको भवनबाट सेवा दिने उक्त गाउँपालिका जिल्लाकै पहिलो हुने भन्दै नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा आईरहेको समस्या हट्ने विश्वास व्यक्ति गरे ।
गण्डकी प्रदेश सरकारले आफ्ना ८५ ओटै स्थानियतहमा एउटै डिजाईनका कार्यालय भवन बनाउने प्रस्ताव अगाडी सरेको बताउदै सकेसम्म प्रदेश सरकारको नक्सा अनुसारको घर बनाउन आग्रह गरे । उनले सरकारको अबको दोस्रो आर्थीक बर्ष पूर्वाधार निर्माणमै बित्ने बताए ।
मोदी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्न उपलब्ध गराएका थिए ्। पातीचौर आसपासमा सार्वजानिक जग्गा र अन्य कुनै कार्यालयको भवन नभएकाले जग्गा खरिदका लागि १०० परिवारभन्दा बढीले पाँचदेखि १ लाख ७५ हजार रुपैयाँसम्म चन्दा उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!