गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकियो - News site from Nepal
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकियो


पोखरा
२०७६/०१/०८
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको छ । आइतबार अधिवेशनको अन्तिम बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेर टुगिंएको हो ।
यससहित उक्त अवधिमा प्रदेश सभाले ६ वटा विधेयक पारित गरेको छ । प्रदेशको हिउँदे अधिवेशन पुस २३ बाट सुरु भएको थियो । प्रदेश सभा गठनयताको यो तेस्रो अधिवेशन हो । यसपालिको अधिवेशनमा १६ वटा बैठक भएका छन् । प्रदेश सभा गठन भएयता २४ कानुन बनेका छन् ।
अधिवेशन अन्त्य गर्ने क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको जग निर्माणको वर्ष आधार मानेको बताउँदै प्रदेश सभाले आफ्नो कार्य सम्पादनमा सफल रहेको दाबी गर्नुभयो । त्यस अवधिमा प्रदेशको विकासमा थोरै मात्र इँटा थपिएको सुनाउँदै मुख्यमन्त्री गुरुङले निर्माण गरेका कानुनीगत संरचनाका हकमा आगामी दिनमा सरकारलाई काम गर्ने उत्साह थपिएको बताए ।
प्रदेश सभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र औद्योगिक व्यवसाय विधेयक विधायन समितिले छलफलबाट पारित गर्न नसक्दा दर्ता भएर विधायन समितिमा छलफलमै रहेका यी ३ विधेयकमा भने छलफल हुन सकेन ।

..

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!