आगामी फागुनदेखि मात्रै गण्डकी प्रदेश सरकारले गति लिन्छ ः मन्त्री लम्साल - News site from Nepal

पर्वत – गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकासले आगामी फागुनदेखि मात्रै प्रदेश सरकारले गति लिने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पर्वतको फलेवासमा निर्मित मकै भण्डारण भवनको उद्घाटन गर्दै मन्त्री लम्सालले संघीय संसदले दिनुपर्ने ऐन कानून र प्रदेश सरकारले बनाउनुपर्ने ऐन नियमहरु बनाउन ढिलाई भएका कारण सरकारले गति लिने नसकेको बताउँदै आगामी फागुन महिनादेखि तिब्र गतिमा विकास हुने बताए । उनले भने मादल बजेपनि ताल नमिलेको अवस्था हो, आगामी महिनादेखि सुर, ताल सवै मिल्छ त्यसपछि रफ्तारमा काम हुने उनले बताए ।

मन्त्री लम्सालले प्रदेशका लागि आवश्यक ऐन, कानून र निति नियम बनेपछि दिन दोगुना रात चौगुनाको दरले कामको प्रगति हुने मन्त्री लम्सालले बताए । उनले गण्डकी प्रदेश सरकारले छोटो समयमै समृद्धिका आधारहरु तयार गरिसकेको बताउँदै अब उद्योग, पर्यटन, कृषि, उर्जा लगायत पूर्वाधारलाई प्राथमिकता दिएर काम गरेको बताए । नयाँ प्रयास भएकाले झण्डै एक वर्ष त्यत्तिकै अल्मलिएको बताउँदै अब बिस्तारै गति लिन थालेको बताउँदै अबको पाँच वर्ष भित्रमा मुलुककै नमुना प्रदेशको रुपमा विकास गरिने जानकारी दिए । उनले उत्पादनमुखि बन्न र युवा पलायनलाई रोकेर गाउँमै स्वरोजगारमुलक कार्यक्रमहरु सिर्जना गर्न गण्डकी सरकारले हर प्रयत्न गरेको बताए । उनले सन् २०२२ सम्म बीस लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा गर्नका लागि पर्यटकीय पूर्वाधारहरुलाई तीब्र गतिमा विकास गर्नुपर्ने बताए । अब बिकासको लहर गाउँ गाउँमा आउने बताउँदै त्यसका लागि तीनै तहका सरकारले संविधानले दिएअनुसारको अधिकार प्रयोग गरेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थानीय तह र प्रदेश सरकारका कार्यक्रमहरुको प्रकृति एउटै बनाउन नहुने बताए । उनले प्रदेश सरकारले स्थानीय सरकारहरुसँग आवश्यक समन्वय गरेर आफ्ना कार्यक्रमहरु संचालmन गर्न पनि आग्रह गरे ।

फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले नगरको समृद्धिका लागि नगरवासीहरुको आवश्यकता र चाहना अनुरुपका कार्यक्रमहरु संचालन गरिएको बताए । उनले अब कोहिपनि नागरिक राज्यको सेवा सुविधाबाट बञ्चित हुन नपर्ने बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, स्थानीय युवा लकास सुवेदी लगायतले बोलेका थिए । सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै जोन पर्वतका बरिष्ठ कृषि विकसा अधिकृत महेन्द्रराज कोडालले कार्यालयका गतिविधि र प्रगतिका बारेमा बोल्नुभएको थियो ।

 रु ५४ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको भण्डारण गृहमा जोन अन्तर्गतको क्षेत्रमा उत्पादन भएका मकैकको बिऊ संकलन, भण्डारण र विक्रि वितरण हुँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!