मनकारी मिलन–जन्मगाउँमा पुगेर विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - News site from Nepal

पर्वत– पर्वतको फलेवास नगरपालिका ८ ठानामौला स्थित शारदा प्राथमिक विद्यालयका बिद्यार्थीलाई स्कुले झोला सहित कापी कलम वितरण गरिएको छ ।
नेपाल विद्यार्थी संघ पर्वतले बिद्यालयका ३८ जना बालबालिकालाई ति सामाग्री वितरण गरेको हो । विद्यालयमा पुगेर नेविसंघ पर्वतको टोलीले आज बिद्यार्थीलाई सामाग्री वितरण गरेको नेविसंघ पर्वतका सदस्य शिशिर शर्मा पौडेलले जानकारी दिनुभयो । विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै नेबिसंघ पर्वतका अध्यक्ष मिलन सुबेदीले उक्त विद्यालयका जेहेन्दार विद्यार्थीलाई कक्षा १० सम्मको शिक्षा लिँदा आवश्यक पर्ने शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराउने घोषणा गर्नुभयो ।
सुबेदीले आजका बालबालिका भोलीका देश हाँक्ने योद्धा रहेको बताउँदै बालबालिकामा देशभक्तिको भावना जागृत गराउनुपर्नेमा जोड दिनुभयो । सुबेदीले विद्यार्थीलाई अहिले देखि नै असल बाटो देखाउन सके भोली उनीहरु असल मार्गमा लाग्ने भएकाले शिक्षक अभिभावकहरुलाई असल आचरण सिकाउन अनुरोध गर्नुभयो ।
बिद्यालयले आज ३४ औँ वार्षिकोत्सव समेत मनाएको छ । प्रधानाध्यापक नारायण भुसालले नेविसंघले विद्यार्थीलाई सहयोग गरेर राम्रो सन्देश दिएको बताउनुभएको छ । आगामी दिनमा अरु संघसंस्थालाई पनि सहयोग गर्न भुसालले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!