पर्वत । क्षत्री समाज केन्द्रको निर्देशन वमोजिम क्षत्री समाज पर्वतले प्रमूख जिल्ला अधिकराी कल्पना घिमीरे नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वूझाएको छ । भारतले सिमा अतिक्रमण गरि कालापानी,लिपूलेक,लिम्पीयाधारा लगायतको नेपाली भूमी आपनो नक्शामा राखेको विषयमा आक्रोशित हूदै क्षत्री समाज केन्द्रले देशभरीका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वूझाएको हो ।

क्षत्री समाज पर्वतका सचिव गणेश वहादूर क्षेत्रीले ज्ञापन पत्र पढेर सूनाउनू भएको थियो । ज्ञापन पत्रमा इतिहासको उषाकालदेखि नै नेपाल र भारत दुई छिमेकी मुलुक एक अर्कोमा सुमधुर सम्बन्ध पनि रहँदै आए पनि वेला वेला सिमा अत्रिक्रमण गर्दै आएको छ । नेपालको उत्तरी क्षेत्र बाहेक तीनतिर अर्थात् पूर्व, पश्चिम र दक्षिणी भू–भाग भारतीय सीमासँग जोडिएको भारतले तराइ क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भू भागहरुमा भारतले सीमा अतिक्रमण गर्दै आई हाल आपनै नक्सामा नेपालको भूमी राखेको प्रति क्षत्री समाजको गम्भिर ध्यानआकर्षण भएको उल्ल्ेख गरिएको छ । भारत सरकारबाट प्रकाशित यो तथाकथित नक्सा हामी आम राष्ट्रवादी नेपालीहरुलाई मान्य छैन,यो आपत्तिजनक विषय भनि उल्लेख गरेको छ ।

यस्तो परिस्थितिमा नेपाल सरकार विज्ञप्ति जारी गरेर मात्र चुप लागेर बसेको प्रति आक्रोस पोख्दै सरकारले यथाशीघ्र कुटनीतिक माध्यमबाट वार्ता गरी हाम्रो भूभाग भारतीय नक्साबाट हटाउन जोडदार माग गरेको छ । । ऐतिहासिक तथ्यहरुले ती भूभागहरु नेपालको भूभाग भएको कुरा स्पष्ट हूदा हूदै पनि भारतीय विस्तारवादले अझै नेपालको भूमि नमिचिएको जिकीर गर्दा हास्यस्पद देखिएको छ । यदि यसमा ढिलासुस्ती हुन्छ र सरकारले खुट्टा कमाउँछ भने आफ्नो मातृभूमिको रक्षा एवं राष्ट्रिय अखण्डताका लागि हामी आम क्षत्रीहरु जुनसुकै कदम उठाउन पनि पछि पर्दैनौं भन्ने कुरा स्पष्ट पार्दै भारत सरकारको यस विस्तारवादी कदमप्रति घोर निन्दा एवं भत्र्सना गर्दै खेद प्रकट गरिएको छ ।

उक्त ज्ञापन पत्र क्षत्री समाजका अध्यक्ष कृष्ण वहादूर क्षत्रीले प्रमूख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई वूझाउनू भएको थियो । प्रमूख जिल्ला अधिकारी नेपालले यथाशिघ्र प्रधानमन्त्री मन्त्री परिषदको कार्यालयमा पठाउने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा क्षेत्री समजका कार्यसमितिका पदाधिकारीहरु,सूवेक्षूक,शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।