यस्तो छ पर्वतको रानीपानीमा रहेको खड्क देवी मन्दिरको महत्व - News site from Nepal
यस्तो छ पर्वतको रानीपानीमा रहेको खड्क देवी मन्दिरको महत्व

माधव पराजुली

पर्वत जिल्ला विहादी गाँउपालिका वडा नं.३ स्थित साविक रानीपानी गाविस रास्कोटमा रहेको खड्का देवी मन्दीर ऐतिहाँसिक मन्दिर हो । रानिपानीको शिरमा पर्ने १३ सय मिटर उच्चाईमा रहेको उक्त मन्दिर धार्मीक एवम् पर्यटकिय दृष्टिकोणले अत्यान्तै सुन्दर छ । उक्त स्थानबाट बिहादी गाँउपालिकाको करिब ७० प्रतिशत भु भाग देख्न सकिन्छ भने गुल्मी र बाग्लुङका बिभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ बाट हिमशृंखलाहरु समेत देख्न पाईन्छ । यस मन्दिरमा साविक रानीपानी,बराचौर,वहाकी गाविसका स्थानिय भक्तजनहरले बडादशै र चैते दशैमा श्रद्धाका साथ पुजा गर्ने गर्दछन् । साथै आफ्ना भाकल पुरा गर्नको लागी परम्परा अनुसार वली दिने पञ्चवली दिने एवम् दुर्गा पुजा गर्ने गर्दछन ।
किम्वदन्ती अनुसार आज भन्दा सदियौँ पहिला स्थानिय गोठालाले आफ्ना गोरुहरु चराउन क्रममा खडग देखेका र उक्त खड्ग निकाल्न सकेन्छन् । तुरुन्तै खड्ग निकाल्ने हेतुले घर बाट वञ्चरो लिई  आउदा उक्त खड्ग लोप हुन पुगेछ ।
त्यहीँ बाट विधीपूर्वक पुजागरी खड्गको वरीपरी माटोको ढिस्को वनाई खड्ग देवीको पुजा गर्न थालिएको हो । त्यसपछी स्थानिय डण्डापाणी पौडेलको नेतृत्वमा स्थानियहरु श्रमदान गरी आफ्नो गच्छे अनुसार माना चामल उठाई माटोको कच्चि मन्दिर ढुङ्गाले छाएर धेरै लामो  समय सम्म पुजा अर्चना गर्न थालिएको थियो ।
धेरै समयको अन्तरालपछी स्थानिएकै सक्रियतामा पक्कि संरचना बनाउने काम सम्पन्न भयो । अन्य बाहिरी पर्खाल निर्माण गर्न नसकेपनी पक्की मन्दिर निर्माण गरेर देवीको पुजाआजा गर्ने स्थानियको चाहना पुरा भयो । त्यस पछी यहाँ विधिवतरुपमा दुर्गा भवानीको पुजा गरिदै आएको छ ।
अर्को किम्वदन्ती अनुसार वाईसे र चौविसे राजाको पालमा यस ठाँउमा लुरीङकोटका राजा चैत्र सिंहका भाई भाद्र सिंहका सेना र पैँयूकोटका राजाका सेना विच घोर रणसगं्राम भई पैयूँकोटका राजाको सेनाले भाद्र सिंहलाई हत्या गरेकाले यो स्थान रणकोट रणकोट भन्दा भन्दै रास्कोट रहन गएको पाईन्छ ।
यति धेरै ईतिहास बोकेको सम्भावना बोकेको यस ठाउँमा अन्य बाहिरी धार्मिक पर्यटकहरु लाई ल्याउन पनी सकिन्छ । एक पटक सबैले दर्शन गर्नै पर्ने ठाउँ हो यो । यस स्थान लाई पर्यटकीय हव बनाई पर्यटन बाट आर्थीक समृद्धिको लक्ष्यमा पुग्ने आम नेपालीको चाहना पुरा गनु आजको अवश्यता हो ।

मन्दिरको महत्व

पवित्र कालीगण्डकीको सेरोफेरोमा रहेका विभिन्न पर्यटकीय मन्दिरहरु मध्य खड्गादेवी मन्दिर पनि एक हो । कालीगण्डकीको पूर्तिघाट देखि उत्तरमा करिव ३ हजार मि.को दुरीमा यस मन्दिर अवस्थित छ । यस मन्दिरको वाटो हुदै देउराली,लुरीङकोट,पैयूँकोट,सराङकोट सम्मको हिमाली पदमार्ग बन्ने सम्भावना बोकेको ट्रेकिङ रुडमा उक्त मन्दिर अवस्थित छ । साथै चैते दशै एवम् वडादशै देवीको पुजा गर्न हजारौँ भक्तजनहरु जम्मा हुने,स्थानिय परम्परागत पञ्चैवाजा एवम सांस्कृतिक गतिविधि समेत हुने गर्दछ । पछिल्लो समयमा  हिन्दुहरुको आस्थाको केन्द्र यस मन्दिरमा चाप बढ्दै गए पछि यसको महिमा दिन प्रतिदिन बढदै गएको  छ  । यस मन्दिरको पुनःनिर्माण पछि यहाँको स्वरुपनै फेरिएको छ ।
यस क्षत्रमा अन्य पर्यटन गतिविधि हरु भ्यू टावर,पैदल मार्ग निर्माण गर्दै देउराली तथा लुरीङकोट सम्म पैदल मार्गले जोड्न सकेको खण्डमा गण्डकी प्रदेशमा पर्यटकीय गन्तव्य स्थलमा नयाँ ईट्टा थपिन्थ्यो ।
यस संस्कृति लाई र मन्दिर लाई पर्यटन सँग जोडन सकिनेमा २ मत छैन ।  सांस्कृतिक तथा धार्मीक महत्व वोकेका नेपालका प्रसिद्ध पर्यटकीय स्थलमा पर्यटकको लर्को लाग्नुको मुख्य कारण नै यहीँ हो । मिलेको सौन्दर्ययुक्त भु भागमा अवस्थित उक्त मन्दिरका समिपमा ब्राह्मण,जनजाती,दलीत लगाएतको मिलेको बाक्लो वस्ती छ । स्थानिय कला संस्कृति परम्पराहरु,रहनसहन,रितिरिवाज,चालचलन रहेका मानिसहरको  धार्मिक आस्थाको केन्द्र यस मन्दिर अद्धितिय पर्यटकिय महत्व वोकेको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari