रौतहट नरसंहारका नाइके आलमको बचाऊमा तत्कालिन गृहमन्त्री कृष्ण सिटौला - News site from Nepal

काठमाडौं :  १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन्।
एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै पीडित परिवार त्रासले पिरोलिएकाछन्। तर, तत्कालिन गृहमन्त्री एवं कांग्रेस नेता कृष्ण सिटौलाले भने नरसंहारका आरोपी आलमको बचाउ गरेका छन्। १२ वर्षपछि पक्राउले आफू अचम्मित भएको सिटौलाको भनाइ छ।
सिटौलाको भनाइ यस्तो छः
कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई घटनामा जोडेर १२ वर्षपछि पक्राउ गरिएको विषयले अचम्मित छु। म गृहमन्त्री छँदा अहिले आएको घटनाबारे सम्झना पनि छैन  भन्ने खबर  कान्तिपुर दैनिकमा छ। प्रहरीले घटनाको जानकारी गराउने हो। तर, अहिले मिडियामा आए जस्तो घटनाबारे मलाई जानकारी गराइएको सम्झना छैन।
अपराधमा गृहमन्त्रीले नभएर प्रहरीले अनुसन्धान गर्ने हो। संविधानसभा निर्वाचनपछि ९ वटा सरकार बनिसक्दा यो विषय चर्चामा नआउनु र अहिले एकाएक आउनुले आश्चर्यमा परेको छु। अदालतको निर्णय नआएसम्म आलमलाई दोषी करार गर्न सक्दैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!