पर्वतको पिपलटारीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै पाँच सयको उपचार - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा रहेको पुर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुर्णेश्वर माविको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, बिद्यालयको स्वर्ण महोत्सब मुल आयोजक समिती र पुर्णेश्वर भुतपुर्ब बिद्यार्थी समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा फिस्टेल हस्पिटल पोखराका बिशेषज्ञ डाक्टरहरु तथा इडित क्राउन युनिभर्सिटि अस्ट्रेलियाका नर्सहरुले बिरामीहरुलाई स्वास्थ्य जाँच गर्नुका ा साथै औषधी बितरण गरेका थिए ।
सो अवसरमा स्त्री तथा प्रसुती, हाड जोर्नी तथा नसा, बालरोग र सामान्य चिकित्सा सम्बन्धि क्षेत्रका बिशेषज्ञ डाक्टरहरुद्दारा ४ सय ८८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । इसिजी, भिडियो एक्सरे सहितको निशुल्क स्वस्थ्य जाँच र औषधी बितरण गरिएको थियो । शिविर समापनको अवसरमा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बिद्यालय क्षेत्रका अभिभाबक र बिद्यार्थीलाई आबस्यक पर्ने उपचार सेवा निशुल्क उपलब्ध गराएकोमा लायन्स क्लब पिस चौतारी, लायन्स क्लब अन्नपुर्ण, पुर्णेश्वर भुतपुर्ब बिद्यार्थी समाज, फिस्टेल हस्पिटल लगायत सबै सहयोगी हातहरुलाई धन्यबाद दिनुको साथै बिद्यालयले प्राबिधिक शिक्षा संचालन गर्न लागेकोमा त्यसलाई आबस्यक पर्ने सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

लायन्स क्लब पिस चौतारीका अध्यक्ष मगन श्रेष्ठको सभापतित्वमा संचालीत उक्त समारोहमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश शर्मा पौडेल र वडाअध्यक्ष सुजन बिकले बिद्यालयमा यस्ता कार्यहरु गरेकोमा सहयोगी सबैलाई धन्यबाद दिनुको साथै प्राबिधिक शिक्षा संचालनमा पनि खुलेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

लायन्स क्लब पिस चौतारीका सचिब राम कुमार लामिछानेले कार्यक्रमको संचालन गर्नु भएको थियो, भने पुर्णेश्वर माबि भुतपुर्ब बिद्यार्थी समाजका अध्यक्ष रामचन्द्र पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

उक्त अबसरमा बिद्यालयका १०० जना छात्राहरुलाई सेनिटरी प्याड, १० जना बिपन्न बालबाालिकालाई जनही ५ हजारका दरले छात्रवृति, बिद्यालयलाई खेलकुद सामाग्री, शैक्षिक सामाग्री, प्राथमिक उपचार सामाग्री, पुस्तकहरु, पानी छान्ने र तातो चिसो पानी पिउने फिल्टर लगायतको करिब २ लाख बराबरको सामाग्री वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!