प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस - News site from Nepal
प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस

 काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा तीन हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ।
तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी)सहित तीन हजार ५९६ दरबन्दी थपको प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थपन सर्वेक्षण’ (ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको समाचार कान्तिपुर दैनिकमा छ।
गृहमन्त्री रामबहादुर थापाले स्वीकृत गरेका उक्त प्रस्ताव गृहसचिव प्रेमकुमार राईले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पेश गरेका छन्। अब बस्ने मन्त्रिपरिषद बैठकमा दरबन्दी थपको प्रस्ताव स्वीकृत हुने गृहका एक अधिकारीले जानकारी दिए। पछिल्लो अभिलेखअनुसार प्रहरीमा प्राविधिक र गैरप्राविधिकतर्फ ७५ हजार ९२७ हजारको पदपूर्ति हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!