पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति ९३ प्रतिशत - News site from Nepal
पर्वतको जलजला गाउँपालिकाको वित्तिय प्रगति ९३ प्रतिशत
पर्वत। जलजला गाउँपालिका पर्वतले आर्थिक बर्ष २०७५/७६ मा ९३ प्रतिशत वित्तिय प्रगति गरेको छ । कुल ३८ करोड ४० लाख बजेटमा ३५ करोड ८२ लाख २६ हजार ३३६ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए ।
गाउँपालिकाले चालुतर्फ ४ करोड ७० लाख रुपैयामा ३ करोड ९६ लाख ६४ हजार ६०१ रुपैया खर्च गरेका छन् । पुजीतर्फ १३ करोड ६८ लाख रुपैयामा ११ करोड ९३ लाख ६२ हजार २६७ रुपैया खर्च भएको थियो । भने सर्शत १६ करोड ६६ लाख ४६ हजार रुपैयामा १५ करोड ६१ लाख ८२ हजार १११ रुपैयाँ खर्च हुदैँ फिर्ता १ करोड ४ लाख ६३ हजार ८८८ रुपैया भएको थियो ।

त्यस्तै सामाजिक सुरक्षामा ५ करोड १३ लाख १५ हजारमा ४ करोड ३० लाख ५४ हजार ४ सय रुपैया खर्च भएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ९० लाखमा ८९ लाख ८५ हजार २०० रुपैया खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत २८ लाख १२ हजारमा २२ लाख ९५ हजार ३५८ रुपैया बजेट खर्च भएको थियो । र गरिवसंग विश्वेश्वर कार्यक्रम अन्तरगत ३ लाख ९४ हजारमा ३ लाख ७९ हजार खर्च भएको छ ।
गाउँपालिकाले सडक, कृषि, पशुपालनलाई व्यावसायिकरण, पर्यटन, खानेपानी, सिचाई प्रवद्र्धन, सञ्चारको पहुँच विस्तारमा प्राथमिकता दिएर बजेट खर्च गरेको थियो ।
त्यस्तै विभाज्य कोषमा हुने बाढफाँडबाहेक गत आर्थिक बर्षमा ८२ करोड ८३ लाख २ सय ६१ रुपैयाँ राजश्व संकलन गरेको छ । भने ठेक्का निकासीबाट करिव ६५ लाख राजश्व संकलन गरेका थियो ।
विगत योजनालाई स्तरोन्नती र पुर्णतामा प्राथमिकता दिदै आर्थिक बर्ष ०७६/७७ को बजेट विनियोजन गरेको अधिकृत शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!