म अझै १५ वर्ष मर्दिनँ : प्रधानमन्त्री ओली - News site from Nepal
म अझै १५ वर्ष मर्दिनँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्।
गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो।
तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ आफू भोलि सिंगापुर जान लागेको बताउँदै  प्रधानमन्त्री ओलीले भने, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ।
अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!