पर्वतको होश्राङदीमा पहिरोले धन्सार भत्कियो, दुई भैसी मरे, चार लाखको क्षति - News site from Nepal

पर्वत– पर्वतको महाशिला गाउँपालिका वडा नम्बर १ जम्पुरमा पहिरोका कारण धन बहादुर शाहिको धन्सार सहितको गोठ भत्किएको छ । लगातारको वर्षासँगै गोठ माथिबाट आएको पहिरोका कारण भत्किएको हो । गोठ भत्किँदा शाहिको गोठमा पालिएका १ ब्याउने र १ दुहुनो भैंसी मरेको छ । झण्डै चार लाख भन्दा बढिको क्षति भएको वडा अध्यक्ष इश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । पहिरोमा परी उनले पालेका चारवटा बाख्राहरु पनि घाईते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!