जिवन संगीनी रुपकदेवीको रुपरेखा - News site from Nepal
जिवन संगीनी रुपकदेवीको रुपरेखा

याम बहादर थापा मगर
बागलुड न.पा. १० भकण्डे

दैनिक जिवनका भलाकुसारी सामान्य भन्दा सृजनात्मक,उत्पादनमुलक,उत्प्रेरणामुल तरिकाले कसरी बिताउने हो भन्ने खुल्दुली लागि रहने बानी छ । काम नभएको बेला दिउसो नै सुति दिउ भने रातको समयमा निद्रा नलाग्ने चालिसे उमेरले छोए पछि हुने रहेछ । घरको कामकाज गरेर कहिल्यै नसकिने हुन्छ तर छोरा छोरी सानो छदा हातखुट्टा जोगाइदिने पिर तर ठुला भएपछि ठुलै अर्कै परि हुने रहेछ भन्छीन मेरो जिवनसंगी रुपकदेवीले । छोरा छोरी बागलुङ बजारमा डेरा लिएर उच्च शिक्षा पढन बस्न थाले पछि जिवनसाथी रुपक देवी थापा मगरको दिन चर्या माछा पुच्छ्र्रे प्राथमिक विद्यालय भकुण्डेमा शिक्षण गर्ने बाहेक दैनिकीमा फरकपना आएको छ ।
बाजे मन बहादुर थापा मगर तथा बाबा मतिलाल थापा मगर र आमा गम्भीरा मगर्नीको कोखबाट वि.स. २०३८ साल असार २ गते जन्मीएकी रुपक देवी थापा मगरलाई प्यारो नाम रुपा थापा कसैले त कसैले पारु थापा मगर भनी चिन्दा रहेछन् । पत्रमित्रता स्तम्भमा पारु थापाको नाममा प्रकाशित भएकोले हुन सक्छ । बाबा आमाले भने माइली भनी माया प्रेमकासाथ बोलाउने गर्दछन् । एस एल सी परिक्षा वि.स. २०५४ मा पुरकबाट पास गरेपछि जिरी प्राविधिक शिक्षालय दोलखामा कृषि प्राविधीक पढन गएपनि हलो जोत्नुपर्ने पिर र भौगोलिक हिसाबले निकै टाढा भएकोले बागलुङ प्राविधिक शिक्षालयबाट सिएमए अध्ययन पूरा गरिन । सिएमए (अहेव) पढेकोले लोक सेवा आयोग पास गरी स्थायी जागिर खाने धोकोले साकार रुप लिन सकेन । असफल प्रयासको नतिलाले आजकल दैनिक जीवनमा कैयौ साथीहरुले स्थायी जागिर खाइ प्रगती गरेको तर आफुले सफलता हासिल गर्न नसकेमा पश्चाताप गरी रहेकी हुन्छीन ।
वि.स.२०५९ सालमा विवाह गरेपछि बल्ल महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट प्रविणता प्रमाण तह पास गरीन । शिक्षक सेवा आयोगको अस्थायी अध्यापन अनुमति पास गर्न सफल गरिन । पछि स्थायी अध्यापन अनुमति पत्र पास गरेपछि माछापुच्छ्रे प्राथमिक विद्यालयमा राहत शिक्षकमा वि.स. २०६५ सालमा नियुक्ति हुन सफल भइन । शिक्षण पेशा सँगै वि एड प्रथम वर्षमा दोश्रो पटक भर्ना गरे पछि सानो दुधे छोरी यमुना थापा मगरलाई पालन पोषण गर्दै, शिक्षण गदैैै र घर गृहस्थीको कामकाज गर्दै बहुत संघर्षका साथ विएड पास गरीन । पहिलो पटक विएडमा भर्ना गरि दिएको समयमा मेरो छोरा हिम्मत थापा मगरको जन्म भएकोले पढाइलाई निरन्तरता दिन सकिनन् । भो मैले पढने काम गर्दिन भन्थीन, तर मैले पढाइलाई थोरै मेहनत गरेर पछि तिमीले सक्छौ भनी बारम्बार भनी रहन्थे । भर्ना गर्ने र किताब किन्ने पैसा खर्च गर्नु पर्दैन भन्थीन तर मैले भर्ना गरेर आएपछि ल भर्ना गरिदिए भनी रसिद दिएपछि पुस्तक काठमाडौबाट समेत किनेर ल्याइदिए । विएडमा अग्रेजी विषय बाहेक अन्य विषयलाई खासै मेहनत गर्नुपरेन । एम एडमा पनि भर्ना गरिदिए । प्रथम वर्षको परिक्षा दिए तर दोश्रो वर्षको परिक्षालाई निरन्तरता दिन सकेनन् । मास्टर डिग्री जसरी पनि पास गर है प्यारी बारम्बार भन्छु तर ………………
नेपाल रेडक्रस सोसाइटी उप शाखा भकुण्डेको स्थापनाकाल देखि उप कोषाध्यक्ष हुँदै हाल कोषाध्यक्ष पदमा क्रियाशिल रहेकी छिन् । रेडक्रसको आजीवन सदस्य हुँदै हालसम्म पनि क्रियाशिल हुँदै आएकी छिन् ।कुशल अभिभावक र सामाजिक शिक्षित अगुवाको रुपमा लागि पर्नु पर्दछ भन्दा भन्दै पनि दिएको जिम्मेवारीबाट मुक्त हुन चाहन्छीन् ।
भ्रमण गर्न खासै रुची नभएपनि ल समय मिल्यो भन्दै म त जाने भएनि भ्रमण भने पछि मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन वि.स. २०६८ साल असोजमा गरयौ । विवाह भएको वर्ष वि.स. २०५९ सालमा इलाम, दाजर्लिङ भ्रमण गर्ने अवसर मिल्यो । नेपाल मगर विद्यार्थी संघको केन्द्रिय समितिको बैठक इलामको महेन्द्र बहुमुखी क्याम्पसमा म सहभागी हुन जादा दार्जलिङ भ्रमण गर्ने मेरा लागि दोश्रो पटक र रुपक देवीका लागि प्रथम पटक अवसर मिल्यो ।
हरेक वर्ष दिनमा कम्ती १० दिन भ्रमण गर्न जरुरी भएको शिक्षा मैले म्याग्दीमा कार्यरत रहदा अनुभव गरे । अधिकांश मानिस म्याग्दीमा भ्रमण गरेर बास बस्न आउने पाहुनाहरुको लर्को मात्र हुन्थ्यो । सोही दृश्यले आफु पर्यटक भएर घुम्न पाए कति रमाइलो हुन्थ्यो भनि मनोआकाक्षा बनाउथे । सोही इच्छा बमोजिम सिगाना बागलुङका गणेश गौतम हाल जिल्ला कारागार कार्यालय कास्कीका प्रमुख र उहाँका धर्म पत्नी दुर्गा गौतम सहित रुपक देवी थापा मगर, छोरी रुयासा (निलम) थापा मगर,छोरा हिम्मत थापा मगर सहितको टोली म्याग्दीको घार,शिख हुँदै घोरेपानी,पुनहिल, घान्द्रुक हुँदै नयाँपुल हुैदै विरेथाटी नयाँपुल कास्की सम्मको तिन दिनको पैदल यात्रा मज्जाले गरियो । फ्रान्सका दुई जना पर्यटकहरुसँगको चिनजान र कुराकानीको हिडाइले थकान महशुश हुन दिएन ।
भारतको लखनउमा पहिले नै विवाह नहुदै कुशल थापा मगर काका सँग गएकी थिइन रे । अब थाइल्यान्डमा जानको लागि ल पासपोर्ट बनाउन बजारमा फोटो जाउ भन्दा नमान्ने जस्तो गरेकीले ताओ एसोशियन अफ नेपालको पहलमा १५ दिनको धार्मिक भ्रमणमा थाइल्यान्ड जानका लागि पहल पासपोर्ट बनाइ पोखरा ताओ गुरु आनन्द दाहाल र दिपकलाल पराजुली सँग सम्पर्क गराइदिने गणेश थापा मगर ( बागलुङ नगरपालिका ९ का वडा अध्यक्ष ) र प्रेम बहादुर थापा –पाला गाविस बागलुङ हाल पोखरा लेखनाथ निवासी ) को सहयोगमा थाइल्यान्ड जाने योजना साकार भयो । थाइल्यान्डको भ्रमण शूरुका ५ दिन अत्यन्त धार्मिक प्रवचनमा दिन बित्यो । त्यसपछिकादिनमा भने अत्यन्त मनमोहक अविष्मरणीय रहयो । समुन्द्रमा पौडीने, टापुमा घुम्ने, सामुन्द्रीक जलयात्रा मानसपटलमा ताजा रहेको बताउछीन । खुशी गुरुङ( चितवन) र काशी गुरुङ दिदी सँग घनिष्ट आत्मीयताको सम्बन्धले नजिक हुन पुग्यो । मेरो लगावमा थाइल्यान्ड गएपछि बल्ल भ्रमण गर्नु पर्ने रहेछ भन्ने अनुभुति भयो । लुम्बिनी गौतम बुद्धको जन्म स्थल, नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन र बागलुङ जिल्लाको सबभन्दा राम्रो गाउँ तमान,शोले डाँडामा समेत तमानको चैत्राष्टमी मेला २०७४ को सन्दर्भमा भ्रमण गरिन । पर्वतको झोलुगे पुल, गुप्तेश्वर गुफा, पन्चकोट धार्मिक स्थल, म्याग्दीको तातोपानी, महारानी थान, गलेश्वर मन्दिरमा समेत भ्रमण गरेकी छिन् ।
पुस्तक पत्रपत्रिका मैले संकलन गरेको पढनु पर्ने हुन्छ भन्दा पनि उनलाई मन परेको पुस्तक आनी डोल्माको फलुको आखाँमा, झमक कुमारी घिमिरेको जिवन काडाँ कि फुल, सभासद शान्ता चौधरीको जिवनीले खुब प्रभावित पारेको बताउछिन् । जिवनलाई संघर्ष हो भन्न समेत रुचाउँछिन । हिन्दी, अग्रेजी फिल्ममा खासै रुची नराख्ने रुपकदेवीले अहिले सम्म नेपाली फिल्म सुब्बा साहेव बाट भने बढी प्रभावित भएको बताउँछिन । छोरीले हिन्दी सिरियल टिभी च्यानल,छोराले कार्टुन च्यानल हेरेको पटक्कै मन पार्दिनन । माचारमुलक, ज्ञानवद्र्धक, जानकारीमुलक, शिक्षामुलक, अनुसन्धान मुलक टिभी कार्यक्रम हेर्न छोरा छोरीलाई अर्थ लाउछिन तर हाम्रा मात्र छोरी छोरीहरुले हो कि अरुका पनि हुन तथा विद्यालयमा शिक्षक शिक्षिकाहरुले नसिकाए पनि टिभीमा वढी झुम्मीने र अध्ययन गर्ने समय बर्वाद गर्ने बानी पटक्कै मन पराउदिनन् । छोराछोरीले रातीको बाह्र बजेसम्म टिभीमा कार्यक्रम हेरेर निद्रा बिगारिदिने तर बाबु नानी त्यति नै समय पढी लेखी बस है भन्दा नौ बजेको समयमा नै निद्रा लाग्यो भनी सुत्ने बानीलाई कसरी सधार गर्ने होला भनि चिन्ता व्यक्त गर्छीन । कायाकैरन,नेपाल दर्पण र विविसी नेपाली सेवाको समाचार मुलक कार्यक्रम नियमित सुन्ने बानी रुपकले विकास गरेकोमा खुशी लाग्दछ । जुन शिक्षकले घरमा थप अध्ययन गर्दछ त्यस शिक्षकको विषयमा विद्यार्थी चलाख,बढी जिज्ञासु हुन्छन । तिमी शिक्षिका भएकोले एम एड पास गर्ने र विषय वस्तुलाई विश्लेषण गरी सिकाइलाई प्रभावकारी बनाउदै लोक सेवा आयोगबाट विद्यालय निरीक्षक, प्राविधिक सहायक पदमा प्रतिस्पर्धा गर्न सकिन्छ भनी उत्प्रेरणा गर्दा पनि मैले सफलता पाउन सकेको छैन । लोक सेवा आयोगको खरिदार,नायव सुब्बाको परिक्षामा सहभागीता रहयो तर सफलता हात लागेन ।
रुपकदेवीलाई भाषण गर्ने कलाको विकास गराउन सकिएन । लेखन शिपलाई निरन्तरता दिई आफना दृष्टिकोण,विचार,राय प्रष्फुटन गराउन सकिएन । मलाई मन पर्ने किताब फलाना हो किनेर ल्यादिनुस है भन्ने बनाउन पनि सकिनन् । ल सिंगापुर,मलेशिया,बाली इन्डोनेसिया, थाइल्यान्डको भ्रमण प्याकेज रहेछ जसो तसो व्यवस्थापन गरेर जाउ भन्दा पनि सहमत गराउन सकिनन । फुर्सद र विदाको दिनमा मगर जातिले परम्परागत रुपमा बनाउँदै आएको रक्सी बनाउने, आलु लगाउने,कोदो रोप्ने, मकै लगाउने नियमित कृषिमा पनि लगाव रहिरहेको छ । दिनचर्याको ख्यालख्यालैमा हासी हाँसी सासु ससुराको प्यारी बुहारी हुन शिक्षिकालाई सिकाउनु पर्दैन होला भन्छु म त ।
सहकारी संघ सस्थाहरुमा शेयर सदस्यको आवद्ध भएपनि नेतृत्व लिनमा पछाडि नै रहेकी छिन । फुर्सदमा भेटघाट गर्ने, नयाँ नयाँ कार्यक्रमहरुमा सहभागी हुने, सफल नेतृी पहिलासँग सम्पर्क बढाउने, विचार विर्मश गर्ने, अध्ययन संस्कृतिलाई बढावा दिने, स्वास्थ्थ र शिक्षा सम्बन्धी सिकेका तथा बुझेका अनुभवलाई लिपिबद्ध गर्ने कार्यमा पछाडि परिन कि जस्तो लाग्दछ ।
विद्या चापागाईले सञ्चालन गरेको हेर्ने कथा, सुमन खरेलको कान्तिपुर टेलिभिजनको सुमनसँग, कान्तिपुर टिभीको रिमा विश्वकर्मा र मनोज पाण्डेको मनी टक, समकोण टिभी कार्यक्रम, साझा सबाल, एभिन्युज टेलिभिजनको निमा काप्लेको सशक्ति कार्यक्रम, विजय कुमारको दिशानिर्देश कार्यक्रम, दिल भुषण पाठकको तक टु सो कार्यक्रम र धौलागिरी एफ एम. सुन्ने बानीको विकास भएकोले सो सुन्ने र हेर्ने चासोका साथ गर्छिन ।
थुप्रैइतिहासकार, दार्शनिक, राजनितीज्ञ, साहित्यकार, कुटनीतिज्ञ, प्रशासनविद, शिक्षाविद, लेखक, पत्रकार, वैज्ञानिक, व्यवसायी, इन्जिनियर, गायक, संगितकार, गितकाहरुको जिवनी अध्ययन गर्नुपर्दछ भन्दा मैले पनि संघर्ष गरेको छु मैले गरेको दुख,संघर्ष,पिडाको डायरी लेख्ने हो भने पनि अरु भन्दा कम छैन भनेकोले यो आलेख तयार भएको हो । छोराछोरीलाई अध्ययन गर मात्र भन्ने तर आफुले नपढने गर्दा आफुले पढनुहुदैन हामीलाई पढ मात्र भन्नुहुन्छ भन्ने जवाफ आउला कि भन्ने पिर चिन्ता लागि रहने भएकोले समाजका अगुवा,सफल नारीका लागि उत्प्रेरणा होला भनेर रुपक देवी थापा मगरको रुपरेखा सारसंक्षेपमा तयार पारेको हो । दुख,पिडा,कष्टका दैनिकीहरुको आलेख थुप्रै छन् । सबैलाई समेटेर आगामी दिनमा लेख्ने नै छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2019 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari