
पर्वत– पर्वत सदरमुकाम कुश्माबजारका सक्रिय युवाहरुको समुहले धौलागिरि क्षेत्रमै नमुना डेरी उद्योग संचालनमा ल्याएका छन् ।
लामो समय बैदेशिक रोजगारीमा गएर फर्किका स्थानीय चार जना युवाले झण्डै साढे तीन करोड रुपैयाको लगानीमा अत्याधुनिक प्रविधिको प्रयोग गरी ‘च्वाईस डेरी उद्योग’ संचालनमा ल्याएका हुन् । दश वर्षसम्म कोरियामा बसेका युवा इश्वर केसी, ८ वर्ष कोरीयामा बसेका लक्ष्मण पौडेल, व्यावसायी प्रेम गुरुङ (अशोक) र स्थानीय समाजसेवी किशोर भण्डारीले २५÷२५ प्रतिशतको दरले लगानी गरेर गत सातादेखि उद्योग सञ्चालनमा ल्याएका हुन् ।
पर्वत लगायत आसपासका क्षेत्रका कृषकहरुले उत्पादन गरेको दुधलाई खपत गरि विभिन्न गुणस्तरयुक्त उपभोग्यीय बस्तु उत्पादन गर्ने उद्धेश्यले उद्योग संचालनमा ल्याईएको च्वाईस डेरी प्रोडक्ट्स प्रालिका अध्यक्ष इश्वर के.सीले जानकारी दिए । पछिल्ला समय ग्रामीण क्षेत्रका कृषकहरुको पशुपालनतर्फ आकर्षण बढ्दै जाँदा उत्पादित दुधले उचित मुल्य नपाउने र बजार अभावमा मिल्क होलिडे समेत गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि ठुलो लगानी गरेर अत्याधुनिक प्रविधिको उद्योग संचालनमा ल्याएको उनको भनाई छ ।
उनका अनुसार उक्त उद्योगमा दुध, दहि, पनिर, घिउ, नौनी, चोखोवार लगायतका उपभोग्यीय बस्तु उत्पादन गरिने भएका हो । उद्योगमा दैनिक २ हजार लिटर दुधका उपभोग्यीय बस्तुहरु उत्पादन गर्ने र त्यतिनै मात्रामा गुणस्तरीय दुध विक्रि गर्ने लक्ष्य रहेको राखिएको छ ।
आधुनिक प्रविधिका मेशीनहरुबाट उत्पादन गरिने हुँदा गुणस्तर र सरसफाईमा पनि राम्रो हुने संचालक किशोर भण्डारीले बताए । उनले भने–‘अहिलेसम्म यस क्षेत्रमा परम्परागत शैलीवाट दुग्धजन्य बस्तुहरु उत्पादन हुँदैउक्त उद्योगको सवैभन्दा आकर्षण उच्च गुणस्तरको आईसक्रियम हो । गर्मी याम बढेकाले यतिवेला आईसक्रियमको उच्च माग रहेको संचालक भण्डारीले जानकारी दिए । आएका थिए । सिमीत मात्रामा उत्पादन हुन्थ्यो, बजारमा सँधै अभाव भैरहन्थ्यो ।’ त्यहि समस्यालाई मध्यनजर गरेर आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन शुरु गरेका छौ अब कृषकको दुध विक्रि नहुने र बजारमा अभाव हुने समस्या रहँदैन ।

उद्योगमा तत्काल स्थानीय १५ जना युवाले रोजगारी समेत पाएका छन् । मासिक रुपमा २ लाख भन्दा बढि खर्च हुने गरेको संचालकको भनाई रहेको छ । बजारको मुख्य चोकमै २ रोपनी जग्गा २० वर्षका लागि लिजमा लिएर संचालन गरेको उद्योगबाट उत्पादित बस्तु तथा सामानहरु मुख्यगरी पर्वतका मुख्य बजारहरु, छिमेकी जिल्ला म्याग्दी, बागलुङका बजारहरुमा विक्रि गर्ने गरिएको छ । उद्योगको आफ्नै सवारी साधनले उत्पादित बस्तुहरु ठाउँ ठाउँमा पु¥याईदिने गरेको संचालक लक्ष्मण पौडेलले बताए ।
उद्योगमा चिलिङ भ्याट, पाष्टलाईजर, होमलाईजर लगायतका आधुनिक मेशीन र प्रविधियुक्त कोल्डरुम समेत स्थापना गरेर उत्पादनलाई सहज बनाइएको उनले बताए । लामो समय विदेश बसियो, अरुको देशमा पसिना बगाउनु भन्दा आफ्नै जन्मभूमिमा परिश्रम गर्नु राम्रो हुने ठानेर उद्योगमा हात हालेको संचालक पौडेलले बताए । ‘अब यहिवाट आफ्नो र समग्र जिल्लाको समृद्धि हुने अठोट बोकेका छौ ।’ उनले भने ।

दश वर्ष कोरिया बसेर फर्किएका उद्योगका अध्यक्ष इश्वर केसीले आफ्नो मात्र नभई बेरोजगार युवाहरुलाई रोजगारी दिने र ब्यावसायिक रुपमा कृषि र पशुपालन क्षेत्रमा लागेका कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले उद्योगमा हात हालेको बताए । उनले अब कोहिपनि किसान आफुले उत्पादन गरेको दुधले राम्रो मुल्य पाउँदैनकि, बजार पाउँदैन कि भनेर निरास हुनुपर्ने र व्यावसायबाट हात झिक्नुपर्ने अवस्थाको अन्त्य गरिने दावी गरे ।
पहिलो यस्तो अवसर नदेखेर बिदेश पुगियो, त्यहाँको अवस्था देखेपछि स्वदेशमै पनि गर्न सकिँदो रहेर भन्ने लागेर आफुजस्तै चार जना युवा मिलेर यो उद्योग संचालन गरेको केसीले बताए ।
उक्त उद्योगबाट बार्षिक चार करोड रुपैया बराबरको कारोबार गर्ने लक्ष्य उनिहरुको रहेको छ । उद्योगले केहि दिनभित्रै आईसक्रिम र कफि पार्लर संचालनमा ल्याउने तयारी समेत गरेको छ ।