
पर्वत– पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ मा शहरी स्वास्थ्य केन्द्रको भवन शिलन्यास गरिएको छ ।
ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई गाउँमै सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्धेश्यले भवन निर्माण शुरु गरिएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले नगरबासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले नगरपालिकाले विशेष कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।
उहाँले स्वास्थ्य मानविय जीवनका लागि सवैभन्दा ठुलो धन भएको बताउँदै व्यक्ति स्वस्थ्य भएमात्र उसले अन्य क्षेत्रमा योगदान पु¥याउन सक्ने बताउनुभयो । नगरप्रमुख जोशीले आगामी आर्थिक वर्षको बजेटमा सवै वडाहरुमा रहेका स्वास्थ्य केन्द्रका क्षमता विकास र अनुभवी चिकित्सकहरुको व्यवस्थापन गर्नेगरी कार्यक्रम ल्याईने पनि जानकारी दिनुभयो ।
अर्को प्रसंगमा आगामी आथिक वर्षको बजेटमा वडामा अत्यावश्यक देखिएका, ठुला र दिर्घकालीन प्रकृतिका योजना छनौट गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले हरेक ठाउँमा गाउँ रित्तिनुको प्रमुख कारण गुणस्तरीय स्वास्थ्य नै भएका कारण गाउँ गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्वागत वडा अध्यक्ष देवेन्द्र सुवेदीले गर्नुभएको थियो भने जग्गा दाता मुकुन्द शास्त्रीले पनि बोल्नुभएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष देवी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भवन निर्माण उपसमितिका सचिब बाबुराम परियारले गर्नुभएको थियो । प्रदेश सरकारको रु १६ लाखको लागतमा २ कोठे भवन निर्माण हुन लागेको हो ।