साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ - News site from Nepal
साक्षरता अभियान : ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ

काठमाडौं- साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन । अभियानले निरक्षरता उन्मूलन गर्न नसक्दा सरकारको सो अभियानमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना हुन पुगेको छ । प्रायः शिक्षामन्त्रीहरू मन्त्रालयमा आउनासाथ निरक्षरता उन्मूलन गर्ने निर्णय गर्छन् तर आफ्नो निर्णय कार्यान्वयन गर्न उनीहरू लगातार असफल हुँदै आएको राजधानी दैनिकमा खबर छ।
सरकारले लक्षित वर्गको आवश्यकतालाई आधार मानेर साक्षरताका कार्यक्रम अघि बढाउन नसक्दा साक्षरता अभियान सफल हुन नसकेको सरोकारवाला बताउँछन् । शिक्षा विद् डा. विद्यानाथ कोइरालाले केन्द्र सरकारकै कारण साक्षरता अभियानले सार्थकता पाउन नसकेको बताए । कोइरालाले साक्षरता अभियानलाई सफल बनाउन स्थानीय सरकार आक्रामक हुन आवश्यक रहेको बताए । उनले भने, ‘अहिले साक्षरता अभियान प्रचारात्मक छ । अहिलेसम्म संघ सरकारले कार्यविधि, नियमावली दिएको छैन र स्थानीय सरकार पनि जागरुक भएको देखिँदैन ।’
पूर्वशिक्षा सचिव महाश्रम शर्माले आर्थिक, सामाजिक र सांस्कृतिक कारणले पछि परेका समुदायसम्म साक्षरता अभियान पुग्न नसकेको बताए ।
चट्याङबाट बर्सेनि सयको मृत्यु, पूर्वानुमानको संयन्त्र छैन नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।
गृह मन्त्रालयअन्तर्गत रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गत वर्ष मात्रै १०५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए ।
२८४ जना घाइते भएका थिए । चट्याङ चैत वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने सरोकारवाला बताउँछन् ।
चट्याङबाट बर्सेनि सयभन्दा बढी मानिस मर्ने र ३ सयको हाराहारीमा घाइते हुन्छन् तर यसको रोकथामबारे सरकारी निकायको कुनै ध्यान पुग्न नसकेको हो । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकतामा राख्न नसकेको चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!