पर्वत प्रहरीको असल अभ्यास, जिल्ला अस्पतालमा नियमित सरसफाई - News site from Nepal

पर्वत-स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको वातावरण सफा स्वच्छ र हराभरा बनाउने उद्धेश्यले नियमित सरसफाई गर्न थालिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतको संयुक्त आयोजनामा जिल्ला जिल्ला अस्पताल परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला अस्पताल समितिका अध्यक्ष गोविन्द पहाडी, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शिव सुवेदी, ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रामकृष्ण गौली, सामुदायिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक पुर्णिमा थापा, जिल्ला अस्पताला समितिका सदस्य, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी तथा प्रहरी कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो
जिल्ला सरकारी अस्पताल कुश्मा पर्वतको परिसरमा मर्मत संहार साथै बोटविरुवा संरक्षण गरी स्वच्छ वातावरण सफा सुन्दर सभ्य नागरिकको पहिचान सहित सरसफाईको कार्यक्रमको आयोजना गरीएको प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!