प्रमुख समाचार

आफ्नै घरको पेटीमा बस्दापनि अठ्यायो ट्याक्टरले, मिलनचोककी पौडेलको मृत्यु

By लोकतन्त्र अनलाईन

January 20, 2019

पर्वत ः ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ । ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका मिलनचोक प्रहरी चौकीले जनाएको छ । सडकमा रोकेर राखेको ट्र्याक्टर एक्कासि आफै गुड्दा घरको पेटीमा बसिरहेकी पौडेल र अनिता आचार्यलाई किचेको थियो । आचार्यलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको मिलनचोक प्रहरी चौकीका ट्राफिक प्रहरी अनिल कार्कीले बताउनुभयो ।